default_image

2 years ago

March 27, 2023

शफिक लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी

183 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका शीर्षक्रमका ब्याटर अब्दुल्लाह शफिक टि२० आई खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आइतबार राती पाकिस्तान अफगानिस्तानसँग ७ विकेटले पराजित हुनेक्रममा शफिक डक आउट भएका थिए ।

शाहजाहमा टस जितेर पहिला पाकिस्तानले ब्याटिङ रोज्दा शफिक पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए । त्योसँगै उनी लगातार चार खेलमा डक आउट भएका थिए । शफिकले २०२० मा जिम्बावेविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए ।

पहिलो खेलमा ४१ रनमा अविजित थिए । त्यसपछि न्युजिल्यान्डसँग दुबै खेल र अफगानिस्तानसँग पहिलो र दोस्रो टि२० आईमा गरि लगातार चार खेलमा डक आउट भए । पाँच खेल खेलेका उनले पछिल्ला चार खेलमा खाता खोल्न सकेका छैनन् । टि२० आईमा लगातार तीन पटक डक आउट हुने कुल २७ खेलाडी छन् ।

चार पटक डक आउट हुने शफिक पहिलो खेलाडी हुन् । शफिकले टेस्टमा भने सानदार प्रदर्शन गरेका छन् । उनले १२ टेस्ट खेलमा ३ मा शतक र ४ मा अर्धशतकसहित ९ सय ९२ रन बनाएका छन् । पाकिस्तानले अफगानिस्तानविरुद्ध सिरिजमा बाबर आजम, मोहम्मद रिजवान, फखार जमान, इफ्तिखर अहमद, शन मसुद जस्ता प्रमुख खेलाडीलाई विश्राम दिएको छ । त्यसैले शफिक लगायतका युवा खेलाडीले मौका पाएका छन् ।

तर पाकिस्तान अफगानिस्तानसँग दुबै खेलमा खराब ब्याटिङका साथ ६ र ७ विकेटले पराजित हुँदै सिरिज गुमाएको छ । तेस्रो तथा अन्तिम खेल आज राती हुनेछ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.