default_image

2 years ago

March 26, 2023

वेस्टइन्डिजमाथि दक्षिण अफ्रिकाको अविश्वसनीय विश्व कीर्तिमानी जित

384 views

0 Bookmark

एजेन्सी – ओपनर क्विन्टन डि ककको विष्फोटक शतकको सहयोगमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । दक्षिण अफ्रिका टि२० आई इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान कायम गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि २ सय ५९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो टि२० आई इतिहासकै उच्च योगफल पूरा भएको हो । यसअघि टि२० आईमा सर्वाधिक ठूलो लक्ष्य अष्ट्रेलियाले पूरा गरेको थियो । अष्ट्रेलियाले २०१८ मा न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

उक्त विश्व कीर्तिमान दक्षिण अफ्रिकाले आज तोडेको हो । दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि ककले ४४ बलमा ९ चौका र ८ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेले । अर्का ओपनर रिजा हेन्ड्रिक्स २८ बलमा ११ चौका र २ छक्कासहित ६८ रनमा आउट भए । पहिलो विकेटका लागि रिजा र डि ककले १०.५ ओभरमा १ सय ५२ रनको विष्फोटक शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

राइली रोसोउ १६ र डेविड मिलर १० रनमा आउट भए । कप्तान एडेन माक्ररम २१ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे । हेनरिक क्लासेन ७ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे । वेस्टइन्डिजका जेसन होल्डर, ओडेन स्मिथ, रायमन रिफर र रोभम्यान पावेलले एक एक विकेट लिए ।

त्यसअघि सुपर स्पोर्ट्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । यो वेस्टइन्डिजको टि२० आई इतिहासकै उच्च योगफल थियो । यसअघि वेस्टइन्डिजको टि२० आईमा उच्च योगफल २०१६ मा भारतविरुद्ध २ सय ४५ रन थियो ।

वेस्टइन्डिजका तेस्रो नम्बरका ब्याटर जोनसन चार्ल्सले ४६ बलमा १० चौका र ११ छक्कासहित १ सय १८ रनको विष्फोटक शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्। चार्ल्सले ३९ बलमा शतक हान्दै वेस्टइन्डिजबाट टि२० आईमा सर्वाधिक छिटो शतक हान्ने ब्याटरको कीर्तिमान कायम गरेका थिए ।

सिसान्डा मगलालाई १३ औं ओभरको चौथो बलमा छक्का हान्दै उनले टि२० आई करिअरको पहिलो शतक पूरा गरेका थिए । उनी अघि क्रिस गेलले वेस्टइन्डिजबाट टि२० आईमा सर्वाधिक छिटो २०१६ मा इंग्ल्यान्डविरुद्ध मुम्बईमा ४७ बलमा शतक पूरा गरेका थिए ।

ओपनर ब्रेन्डन किंग तेस्रो बलमै एक रनमा क्याच आउट भएका थिए । तर दोस्रो विकेटका लागि चाल्र्स र काइल मेयर्सले ५८ बलमा १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । मेयर्स २७ बलमा ५ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।

निकोलस पुरन २ रनमा आउट भए । कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र २ छक्कासहित २८ रनमा आउट भए । रोमारियो शेफर्ड १८ बलमा १ चौका र ४ छक्कासहित ४१ रनमा अविजित रहे ।ओडेन स्मिथ ५ बलमा १ छक्कासहित ११ रनमा अविजित रहे ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए । पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

March 14, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]

Success

Thank you for your time.