2 years ago
April 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना टियु र मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर लिग आयोजना गर्दैछ । बैशाख ५ देखि सुरु हुने प्रतियोगितामा पहिलो पटक माथिल्लो मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछन् ।
तालिका अनुसार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालको एक खेल हुनेछ । नेपालले साउदी अरेबियासँग बैशाख ११ (अप्रिल २४) मा मुलपानीमा खेल्नेछ । बाँकी सबै टियु क्रिकेट मैदानमा नेपालले खेल्नेछ । दर्शक सुरक्षाको कारण नेपालले एक खेलमात्रै मुलपानीमा खेल्नेछ ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको मुलपानी फेरिदै गएको छ । पहिला र अहिलेमा मुलपानीमा धेरै फरक देख्न सकिन्छ । घरेलु क्रिकेटमा सधैं आलोचना हुने मुलपानी अन्तर्राष्ट्रिय स्तरमा फेरिने अनुमान गरिएको छ । मुलपानीमा रन नबनेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) लगातार आलोचित पनि हुँदै आएको छ ।
एसिसी प्रिमियर कपको लागि तीव्र रुपमा क्यानले काम अगाडि बढाएको छ । मैदानको तल्लोभागतर्फ बाउन्ड्री बढाइएको छ । बाउन्ड्री बढाइएको खाली ठाउँमा बालुमा राखिएको छ । बालुमा दुबो रोप्ने कार्य तीव्र छ । मैदानको तल्लोभागतर्फ झाडी फाडेर क्यानले माटो हाल्दै बाउन्ड्री बढाएको छ । उक्त खाली ठाउँमा पनि दुबो उमार्ने कामलाई तीव्रता दिएको छ ।
खेलाडीलाई चोट नलागोस बनेर मैदानमा रहेका साना ढुङ्गा ब्रुस लगाएर हटाउने काम गरेको छ । पेभेलिएन बक्स पनि स्तरउन्नती गर्नेकाम तीव्र रुपमा बढाइएको छ । बर्खालहरुमा सिमेन्टले पलास्तर गरिएको छ । मैदानमा दुबो र घाँस उम्रिनको लागि पानीसँगै युरिया राखिएको छ ।
दर्शक नियन्त्रण र सुरक्षा प्रमुख चुनौती रहनेछ । मैदानको माथिल्लो भागमा खाली भएको ठाउँमा दर्शकलाई राखिनेछ । तीन हजार दर्शक अट्ने अनुमान गरिएको छ । उक्त खाली ठाउँमा रहेको दुबो काटेर मैदानको माथिल्लो भागमा रोपिएको छ ।
पहिला भन्दा मुलपानी मैदानको आकार स्वभाविक रुपमा बढेको छ । दुबैतर्फ नयाँ स्क्रिन बोर्ड जडान भएको छ । मैदानको चारैतर्फ जाली लगाएको छ । टियुबाट माटो लगेर पिचमा नयाँ माटो राखिएको छ । बंगलादेशबाट आएका क्युरेटर मोहम्मद अब्दुल अल मामुनले ४० दिनदेखि पिच र आउटफिल्ड हेरेका छन् ।
‘हामीले हरेक दिन पानीमा काम गरेका छौं । ग्रास आएको छ । मैदानको ८० प्रतिशत काम सकिएको छ । म आउँदा मैदान पुरै पहेँलो थियो । हरियो थिएन । अहिले धेरै मैदानको भाग हरियो बनेको छ । राम्रो देखिएको छ । मुलपानी मैदान राम्रोछ । अझ बाहिरी दृश्यको कारण झनै राम्रो देखिनेछ’, क्युरेटर मामुनले भने ।
‘मामुन बंगलादेश क्रिकेट बोर्डको विशेष सहयोगमा नेपाल आएका हुन् । उनीसँगै तीन क्युरेटर नेपाल आएका थिए । उनी भने यस प्रतियोगितापछि फर्किनेछन् । हरेक क्युरेटर पिच राम्रो बनाउन खोज्छन् । हामीले धेरै रन बन्ने र बाउन्सिङ पिच बनाउने प्रयास गरेका छौं’, उनले भने ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासले मैदानको स्तरोन्नतीको काम लगभग सकिसकेको बताए । ‘लगभग मैदानको स्तरउन्नतीको जति काम थियो त्यो सकिएको छ । पिच र रोलिङको काम बाँकी छ । घाँस रोप्ने र माटो थप्ने काम लगभग सकिएको छ । अब पाँच देखि सात दिन भित्रमा पिच रोलिङको काम हुनेछ’, दासले भने ।
मुलपानीको पिचलाई लिएर लगातार आलोचना हुँदै आएको छ । दास बंगलादेशबाट विशेष क्युरेटर बोलाएको बताउँछन् ।
‘हामीले बंगलादेशबाट तीन जना एक्सपर्ट क्युरेटर बोलाएका थियौं । वहाँहरुको सल्लाह अनुसार हामीले केहि हदसम्म माटो निकालेका छौं । टियुबाट माटो लिएर थपेका छौं । वहाँहरुको निर्देशन बमोजिम पिचमा काम भइरहेको छ । आशा गरौं विगत भन्दा पिचले अहिले राम्रो खेल्छ होला’, दासले भने ।
मुलपानीमा दुई क्रिकेट मैदान छन् । माथिल्लो क्यान र तल्लो मुलपानी रंगशाला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वामित्वमा रहेको छ । खेल माथिल्लो मुलपानी मैदानमा हुनेछ ।
‘माथिल्लो मुलपानी परिषदबाट हामीलाई भोगचलनको लागि पयाप्त भएको मैदान हो । तल्लो मुलपानी अझैपनि राखेपको मातहतमा छ । हामीले भोगचनल गर्न पनि वहाँबाट अनुमति लिनुपर्ने हुन्छ । यो प्रतियोगिता तयारी र अभ्यासको लागि हामीले त्यो मैदान पनि आग्रह गरेका छौं । त्यो पनि पाउनेक्रममा छौं । अहिलेलाई माथिल्लो मुलपानी क्यानको कार्यलय र मुख्य मैदान हो’, उनले भने ।
प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म हुने भएको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
प्रतियोगिताका सम्पूर्ण खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्ने तालिका रहँदा तल्लो रंगशाला अभ्यासको लागि प्रयोग गर्न क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग स्वीकृति माग गरेको छ । माथिल्लो मुलपानी मैदानमा एसिसी प्रिमियर लिगमा सेमिफाइनलसहित कुल ११ खेल हुनेछन् ।
यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]