2 years ago
March 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो ५० औं ओडिआई खेल घरेलु मैदान टियुमा खेल्ने भएको छ । एसिसी प्रिमियर कपमा आगमी महिना नेपालले ओमानविरुद्ध ५० औं ओडिआई खेल पूरा गर्नेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ ।
नेपालले ५० औं ओडिआई खेल टियु मैदानमा वैशाख ८ (अप्रिल २१ मा) ओमानसँग खेल्नेछ । एसिसी प्रिमियर कपमा नेपालको समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपाल र ओमान ओडिआई मान्यता देश हुन् । त्यसैले उक्त खेल ओडिआई मान्यता हुनेछ । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा नेपालको २६ मा जित, २१ मा हार, एक मा टाई र एक खेलमा नतिजा बिहीन छ ।
नेपालले कुल ७ देशसँग ओडिआई खेल खेलेको छ । ४९ मध्य नेपालले आइसिसी विश्वकप लिग–२ मा ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजको रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो । नेपालले ओडिआईमा सर्वाधिक धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।
नेपालले नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा समान एक मा जित र हार व्यहोरेको थियो । ओमानसँग ६ खेलमा २ मा जित र ४ मा हार छ । पपुवा न्युगिनीसँग नेपालले १० खेलमा ८ मा जित र २ मा हार व्यहोरेको छ ।
स्कटल्यान्डसँग ६ खेलमा ३ मा जित र ३ मा हार छ । युएईसँग १३ खेलमा ७ मा जित र ६ खेलमा पराजित भएको छ । अमेरिकासँग ६ खेलमा ३ मा जित, २ मा हार र एक खेल टाई छ ।
नेपालले पपुवा न्युगिनी र युएईसँग समान दुई सिरिज खेलेको छ । २०१९ मा नेपालले युएईलाई उसकै भूमिका तीन खेलको सिरिज २–१ ले हराएको थियो । गत वर्ष घरेलु मैदानमा युएईलाई २–१ ले हराएको थियो । २०१८ मा नेपालले युएईसँग एसिया कप क्वालिफायरमा एक खेल खेलेको थियो ।
पपुवा न्युगिनीसँग नेपालले २०२१ मा ओमानमा दुई खेलको सिरिजमा क्लिनस्विप गरेको थियो । २०२२ मा घरेलु मैदानमा पपुवा न्युगिनीसँग नेपाल दुबै खेलमा पराजित भएको थियो ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]