default_image

2 years ago

March 26, 2023

उपाधिको लागि मुम्बई र दिल्ली भिड्दै

172 views

0 Bookmark

एजेन्सी – पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा हुनेछ।

दुबै टोली उपाधिका साथ इतिहास रच्ने सोचमा छन् । दिल्ली लिगमा ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो । मुम्बईले एलिमिनेटर खेलमा युपी वारियर्सलाई ७२ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

दिल्लीको मेग ल्यानिङ र मुम्बईको हरमनप्रीत कौरले कप्तानी गर्नेछन् । दिल्ली र मुम्बईबीच फाइनलमा निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । लिगको खेलमा दुबै टोली एक एक खेलमा विजयी भएका थिए । दुबै टोलीमा विश्वस्तरिय बलर, ब्याटर र अलराउन्डर छन् ।

दिल्लीमा ल्यानिङ, सफाली बर्मा र जेमिमाह रोड्रिगस जस्ता ब्याटर छन् । मारिजान कप्प, एलिस क्याप्से, जेस जानसन जस्ता अलराउन्डर छन् । उता मुम्बईमा हेली म्याथ्यु, नाट स्काइभर ब्रन्ट, अमेलिया केर र हरमनरप्रीत कौर जस्ता चर्चित खेलाडी टोलीमा छन् । युपीलाई हराउन इस्सी वाेंगले ह्याट्रिक लिएकी थिइन् ।

तीव्र गतिकी बलर इस्सी दिल्लीलाई घातक बन्न सक्छिन् । प्रतियोगितामा पाँच टोलीको सहभागीता थियो । डबल राउन्ड रोविनको आधारपछि दिल्ली सोझै फाइनलमा पुगेको थियो । दोस्रो स्थानमा रहेको मुम्बई र तेस्रो स्थानमा रहेको युपीबीच एलिमिनेटर खेल भएको थियो । बेंगलोर र गुजरात भने चौथो र पुछारमा रहँदै बाहिरिएका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.