2 years ago
March 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीताराना मगरको उत्कृष्ट बलिङसँगै कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई ८८ रनको मध्यम लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन बनायो । कोशीकी ओपनर काजल श्रेष्ठले ४१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाइन् ।
ओपनर काजोल र रुविना क्षेत्री बेलबासेले पहिलो विकेटका लागि ८.२ ओभरमा ३४ रनको साझेदारी गरेका थिए । रुविना सीताको लेग साइडको बलमा स्वीप खेल्ने धुनमा मिस हुँदा २४ रनमा बोल्ड आउट भइन् । रुविनाले ३४ बलमा ५ चौका प्रहार गरिन् ।
दोस्रो विकेटका लागि काजोल र अप्सरीले ३१ रनको साझेदारी गरेका थिए । सीताले १७ औं ओभरको दोस्रो बलमा काजोललाई विकेटकिपर ज्योति पाण्डेले स्टम्पिङ आउट गरिन् । एक बलपछि सबन राइ शून्यमा बोल्ड भइन् ।
युवा ब्याटर स्मृति कटवाल ७ बलमा १ चौकासहित ८ रनमा रन आउट भइन् । अप्सरी बेगम ३६ बलमा २२ रनमा आउट भइन् ।एपिएफकी सीताले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । इन्दु बर्माले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]