2 years ago
March 23, 2023
एजेन्सी – स्पिनर वेस्ली मधेभेरेको ह्याट्रिकमा घरेलु टोली जिम्बावेले दोस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि एक रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेकोछ।
जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ७० रन बनायो । नेदरल्यान्ड्सलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो । पहिलो बलमा टेन्डाई चतरारलाई रयान क्लेनले चौका प्रहार गरे ।
दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन बटुले । फर्द क्लासेनले चौथो बलमा दुई र पाँचौं बलमा छक्का प्रहार गरेपछि खेलले नयाँ मोड लिएको थियो । अन्तिम बलमा जितको लागि चार रन चाहिँदा रयान तेस्रो रन लिनेक्रममा रन आउट भएपछि एक रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्सका म्याक्स ओडाउडले १ सय ३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । टम कपरले ८४ बलमा ९ चौकासहित ७४ रन जोडे । विस्लीले ४४ औं ओभरमा ह्याट्रिक लिएका थिए । एक समय नेदरल्यान्ड्स ४३ ओभरमा २१३–३ को बलियो अवस्थामा थियो । जितको लागि ४२ बलमा ५९ रन चाहिँदा ७ विकेट हातमा थियो ।
सहज जित निकाल्ने अनुमान गरिएको थियो । तर ४४ औं ओभरको पहिलो बलमा वेस्लीले कोलिन एकरम्यानलाई २८ रनमा स्टम्पिङ आउट गराए । दोस्रो बलमा तेजा निदामनुरुलाई बोल्ड गरे ।
तेजाले पहिलो खेलमा शतक हान्दै नेदरल्यान्ड्सलाई जिताएका थिए । तेस्रो बलमा पल भान माक्रेनलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेका थिए । ह्याट्रिकसँगै जिम्बावे नाटकीय रुपमा खेलमा फर्किएको थियो ।
दोस्रो विकेटका लागि म्याक्स र टमले १ सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । कपर रन आउट भएका थिए । एक समय नेदरल्यान्ड्स १९७–२ को बलियो अवस्थामा थियो । सिकन्दर राजाले म्याक्सको विकेट लिए । त्यसपछि भने साझेदारी हुन सकेन । कप्तान स्कट एडवार्ड्सले २८ बलमा २ चौका र १ छक्कासहित ३६ रन जोडे ।
जिम्बावेका स्पिनर सिकन्दर राजाले ९ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । वेल्ली मधेभेरेले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावे ४९.२ ओभरमा २ सय ७१ रनमा अल आउट भएको थियो । जिम्बावेका अनुभबी ब्याटर सेन विलियम्सले ७३ बलमा ११ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।
क्लाइभ मडान्डेले ५७ बलमा ५ चौकासहित ५२ रन जोडे । ओपनर वेस्ली मधेभेरले ४३ र क्रेग इर्विनले ३९ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेदरल्यान्ड्सका शरिज अहमदले १० ओभरमा १ मेडनसहित ४३ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । तर पनि टोलीको हार भने टार्न सकेनन् । कोलिन एकरम्यान र पल भान मार्केनले दुई दुई विकेट लिए ।
पहिलो खेलमा नेदरल्यान्ड्स तीन विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]