2 years ago
March 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीताराना मगर र तीव्र गतिकी बलर सोनु खड्काको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा मधेश प्रदेशलाई १० विकेटले हराएको छ।
जितको लागि ५८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ७.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एपिएफको जितमा कप्तान सीताराना मगर ३६ बलमा ९ चौकासहित ४५ रनमा अविजित रहिन् । ज्योति पाण्डे १० बलमा ८ रनमा अविजित रहिन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश १९.४ ओभरमा ५८ रनमा अल आउट भएको थियो । मधेशकी युवा ब्याटर साना प्रविनले ४५ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाइन् । जुन जितको लागि पर्याप्त थिएन । मधेशका १० खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तीव्र गतिकी बलर रेखा रावलले पहिलो ओभरको पाँचौं बलमा ओपनर अनुराधा चौधरीलाई शून्यमा बोल्ड गरिन् । सोनी खड्काले चौथो ओभरको दोस्रो बलमा एलिसा यादवलाई एक रनमा बोल्ड गरिन् । एक बलपछि प्रतिमा साह शून्यमा एलबीडब्लू आउट भइन् ।
चौथो विकेटका लागि साना र सीमा कुँवरले २६ रनको साझेदारी गरे । सीताराना मगरले सीमालाई २६ बलमा १ चौकासहित ८ रनमा बोल्ड गरिन् । साना इन्दु बर्माको बलमा बोल्ड भइन् ।
सरस्वीतकुमारी चौधरी ५ र रोजी कडारी एक रनमा आउट भइन् । एपिएफकी तीव्र गतिकी बलर सोनु खड्काले २.४ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । कप्तान सीताराना मगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावल, नेरी थापा र इन्दु बर्माले एक एक विकेट लिए ।
पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स ११ लाई ५१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । प्रधामन्त्री कपका चार सेमिफाइनल टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेशसँगै ललितपुर-११ छन् । ललितपुर ११ बाट प्रधानमन्त्री कपमा सेमिफाइनलमा नपुगेका प्रदेशका टोलीबाट टिम निर्माण गरिएको छ । शुक्रबार सुदूरले पहिलो खेलमा एपिएफसँग खेल्नेछ। ललितपुरले कोशी प्रदेशसँग खेल्नेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]