2 years ago
March 22, 2023
एजेन्सी – भारतीय क्रिकेट टोलीका विष्फोटक ब्याटर सूर्यकुमार यादव लगातार तीन खेलमा गोल्डेन डक आउट (पहिलो बलमै आउट) भएका छन् । अष्ट्रेलियासँगको तीन ओडिआई खेलमा सूर्य तीनै बलमा गोल्डेन डक आउट भएका हुन् ।
सूर्य पहिलो र दोस्रो खेलमा मिचेल स्टार्कको बलमा लगातार शून्यमा एलबीडब्लू आउट भएका थिए । तेस्रो खेलमा पनि पहिलो बलमै बोल्ड आउट भएका छन् । भारतले जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ३६ औं ओभरको दोस्रो बलमा सूर्य स्पिनर एश्टन अगरको बलमा बोल्ड आउट भएका हुन् ।
उनी भारतबाट ओडिआईमा लगातार तीन पटक डक आउट (शून्यमा आउट) हुने छैटौं खेलाडी हुन् । सचिन तेन्दुलकुर सन् १९९४, अनिल कुम्बले १९९६, जाहिर खान २००३/४, ईशान्त शर्मा २०१०/११ र जस्प्रित बुमराह २०१७/१९ मा लगातार तीन खेलमा गोल्डेन डक आउट भएका थिए ।
सूर्य तीन खेलको ओडिआई सिरिजमा तीनैमा गोल्डेन डक आउट हुने विश्व क्रिकेटकै पहिलो खेलाडी बनेका छन् । समग्रमा १३ खेलाडी लगातार तीन पटक ओडिआईमा डक आउट भएका छन् । अन्य खेलाडी भने पाँच देखि ७ खेलमा भएका थिए । सूर्यले इतिहासकै खराब कीर्तिमान बनाएका हुन् ।
टि२० क्रिकेटमा सानदार प्रदर्शन गरेका सूर्य ओडिआईमा जम्न सकेका छैनन् । ३२ वर्षीय उनले ४८ टि२० आई खेलमा ३ शतक र १३ अर्धशतकसहित कुल १ हजार ६ सय ७५ रन बनाएका छन् ।
२३ ओडिआई खेलमा २ अर्धशतक बनाउँदै ४ सय ३३ रन मात्रै बनाएका छन् । यो खराब प्रदर्शनसँगै सूर्यले आगमी अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने सम्भावना कठिन बनेको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]