default_image

2 years ago

March 21, 2023

व्हीलचियर क्रिकेटलाई एनसिएसएसको आर्थिक सहयोग

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा हुने टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने व्हीलचियर क्रिकेट टिमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आर्थिक सहयोग गरेको छ ।

समाजले आज काठमाडौको समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा पुगेर संस्थाले संकलन गरेको २१ हजार रुपैयाँ टिम लिडर तथा प्रशिक्षक भरत बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । यस रकमबाट टोलीले खेल सामग्री व्यवस्थापन गर्नेछ ।

एनसिएसएसको तर्फबाट केन्द्रिय अध्यक्ष नारायण पराजुली तथा आजिवन सदस्य सागर पङेनी उपस्थित थिए । अध्यक्ष पराजुलीले सम्पूर्ण टिमलाई सफलता शुभकामना साथै  आगामी दिनमा पनि व्हिलचियर क्रिकेट टिम र नेपाली क्रिकेट समर्थक समाज बिच सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

चारदेशिय प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र बङगलादेश बीच प्रतिस्पर्धा हुनेछ । चैत ९ गतेदेखि १५ गते सम्म भारतको गुजरातमा हुने प्रतियोगिताका लागि खेल सामाग्री अभाव भएको खबर थाहा पाएपछि संस्थाले आन्तरिक रुपमा सहयोग संकलन गरेको थियो ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.