2 years ago
March 20, 2023
एजेन्सी – अनुभवी विकेटकिपर मुश्फिकुर रहिमको कीर्तिमानी शतकमा घरेलु टोली बंगलादेशले दोस्रो ओडिआई खेलमा आयरल्यान्डलाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो ।
बंगलादेशले ओडिआईमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि बंगलादेशले ओडिआईमा उच्च योगफल आयरल्यान्डविरुद्ध नै पहिलो खेलमा ३ सय ३८ रन थियो । त्यसपछि २०१९ मा अष्ट्रेलियाविरुद्ध ३ सय ३३ रन बनाएको थियो । बंगलादेशका मुश्फिकुर रहिम ६० बलमा १४ चौका र २ छक्कासहित १ सय रनमा अविजित रहे ।
मुश्फिकुर बंगलादेशबाट सर्वाधिक छिटो शतक हान्ने ब्याटर बनेका छन् । इनिङको अन्तिम बलमा एक रन बटुल्दै उक्त कीर्तिमान रचेका छन् । मुश्फिकुरले सकिब अल हसनलाई पछि पार्दै बंगलादेशबाट सर्वाधिक छिटो ओडिआईमा शतक हान्ने कीर्तिमान बनाएका हुन् । सकिबले २००९ मा जिम्बावेविरुद्ध ६३ बलमा हानेका थिए ।
लिटन दास ७१ बलमा ३ चौका र ३ छक्कासहित ७० रनमा आउट भए । नाज्मुल हसन सान्टोले ७७ बलमा ३ चौका र २ छक्कासहित ७३ रनको इनिङ खेले । सान्टो र दासले दोस्रो विकेटका लागि १ सय १ रनको शतकीय साझेदारी गरेका थिए । सकिब १७, तौहिद हृदोय ४९ र कप्तान तमिम इकबाल २३ रनमा आउट भए ।
आयरल्यान्डका ग्राहम हुमेले १० ओभरमा २ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मार्क आदिर र कर्टिसले एक एक विकेट लिए । तीन खेलको सिरिजमा बंगलादेश १(० ले अघि छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]