2 years ago
March 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश सकारले नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी र युवा ब्याटर भीम सार्कीलाई समान दुई लाख दिने घोषणा गरेको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पर्याउन महत्वपूर्ण प्रदर्शन गरेको भन्दै आफ्ना प्रदेशका भीम र दीपेन्द्रलाई दुई दुई लाख दिने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार कमलसिंह ऐरी, अर्जुन साउद र सन्दीप जोराले पनि पुरस्कार वापत रकम पाउनेछन् । सन्दीप जोराले एक लाख रुपैयाँ पाउने भएका छन् । अन्तिम १८ मा रहेका कमलसिंह ऐरी र अर्जुन साउदले समान ५० हजार पाउने छन् ।
सुदूरपश्चिम प्रदेशले दुई साता अघि नेपाललाई यू-१९ विश्वकप पुर्याउने आफ्ना पाँच खेलाडीलाई समान एक लाख दिने घोषणा गरेको थियो । भीम सार्कीले पछिल्ला चार खेलमा ६७, २९, ४४ र ७० रन बनाएका थिए । युएईलाई हराउनै पर्ने दुई खेलमा भीमले ६७ र ७० रन बनाएका थिए । दीपेन्द्र नेपालका प्रमुख अलराउन्डर हुन् । उनले लगातार ब्याटिङ र बलिङ दुवैमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
सन्दीप जोरा पछिल्ला तीन मध्य दुई सिरिजमा नेपालको टोलीमा थिए । अन्तिम सिरिजमा नेपालको टोलीमा थिएनन् । विकेटकिपर अर्जुन साउद र कमलसिंह ऐरी भने वैकल्पिक खेलाडीको सूचिमा रहँदै आएका छन् । सुदूर नेपाली क्रिकेटको उर्भर भूमि मानिन्छ ।
नेपाली यू(१९ टोलीमा प्रतिनिधित्व गर्ने सुदूरका तीव्र गतिका बलर हेमन्त धामी, आकाश चन्द, दीपक बोहरा, दीपक बोहरा र मिलन बोहरालाई समान एक लाख दिने घोषणा गरेको थियो । त्यस्तै यू१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, टिम म्यानेजर विक्रम विष्ट, फिजियो पुरन तिरुवा र सायहक प्रशिक्षक धिरेन्द्र चन्दलाई समान ५० हजार दिने जनाएको थियो ।
तीन साता अघि नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउँदै आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकपमा स्थान बनाएको थियो । जसबाट सुदूरपश्चिमका पाँच खेलाडी र चार अफिसियल थिए ।
नेपाल सरकारले नेपाललाई सोझै विश्वकप छनोटमा पुर्याउने सिनियर टोलीका हरेक खेलाडीलाई समान तीन लाख दिने घोषणा गरि सकेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पारेसँगै सोझै विश्वकप छनोटमा पुगेको थियो ।
ब्याड लाइट प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्डमा विजयी भएको हो। उक्त खेल हेर्न प्रचण्ड पनि टियु पुगेका थिए ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि डिएलमा नेपाल विजयी हुँदै सोझै विश्वकप छनोटमा पुगेको हो ।
जिम्बावेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग(२ का पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।
जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् । शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]