default_image

2 years ago

March 17, 2023

नाटकीय विकेट पतनसँगै पहिलो खेलमा अष्ट्रेलिया भारतसँग पराजित

125 views

0 Bookmark

एजेन्सी – नाटकीय विकेटपतनसँगै अष्ट्रेलिया पहिलो ओडिआई खेलमा घरेलु टोली भारतसँग पाँच विकेटले पराजित भएको छ । योसँगै तीन खेलको ओडिआई सिरिजमा भारतले १-० को अग्रता लिएकोछ ।

जितको लागि १ सय ८९ रनको मध्यम विजयी लक्ष्य भारतले ३९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लोकेश राहुल ९१ बलमा ७ चौका र १ छक्कासहित ७५रनमा क्रिजमा रहे ।

रविन्द्र जडेजा ६९ बलमा ५ चौकासहित ४५ रनमा अविजित रहे । एक समय ८३–५ को दयनीय अवस्थामा पुगेको भारतलाई जडेजा र राुहलले छैटौं विकेटका लागि १ सय ८ रनको अविजित साझेदारी गर्दै जित दिलाए ।

भारतका ओपनर ईशान किशन ३, शुभमन गिल २०, विराट कोहली ४, सूर्यकुमार यादव शून्य र हार्दिक पान्ड्या २५ रनमा आउट भए । अष्ट्रेलियाका मिचेल स्टार्कले ९.५ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिस दुई विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ३५.४ ओभरमा १ सय ८८ रनमा अल आउट भयो । अष्ट्रेलियाका मिचेल मार्शले ६५ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनको इनिङ खेले । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर ट्रविस हेड मोहम्मद शिराजको दोस्रो ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड आउट भएका थिए । दोस्रो विकेटका लागि कप्तान स्टिभ स्मिथ र मिचेल मार्शले ७२ रनको साझेदारी गरेका थिए । स्मिथ कट खेल्ने धुनमा २२ रनमा क्याच आउट भए ।

तेस्रो विकेटका लागि मार्नस लाबुसेन र मिचेल मार्शले ५२ रनको साझेदारी गरे । र्माश रविन्द्र जडेजाको २० औं ओभरको चौथो बलमा मोहम्मद शिराजबाट क्याच आउट भए । त्यो समय अष्ट्रेलिया १२९-३ को बलियो अवस्थामा थियो ।

एक समय १६९-४ को अवस्थामा रहेको अष्ट्रेलियाले नाटकीय रुपमा विकेट गुमाउँदै १ सय ८८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया जोश इंग्लिस २६, क्यामरन ग्रीन १२, ग्लेन म्याक्सवेल ८, मार्कस स्टोइनिस ५ र शन एबट शून्यमा आउट भए ।

भारतका मोहम्मद शामीले ६ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ५.४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिएका थिए । रविन्द्र जडेजाले दुई, कुलदीप यादव र हार्दिक पान्ड्याले एक एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

December 16, 2024

एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]

Success

Thank you for your time.