default_image

2 years ago

March 15, 2023

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र ओपनर आसिफ शेखले ओडिआई वरियता सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ ओडिआई वरियतामा नेपालका खेलाडीले सुधार गरेका छन् ।

आसिफ शेख ब्याटिङतर्फ ९ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन् । आसिफले पाकिस्तानका मोहम्मद रिजवानलाई पछि पारेका छन् । रिजवान ६४ औं स्थानमा छन् । कप्तान रोहित पौडेल ५५ औं स्थानमा यथावत छन् ।

पछिल्लो समय आसिफ शेखले सानदार प्रदर्शन गर्दै आएका छन् । आसिफले पपुवा न्युगिनीविरुद्ध यसै साता १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । एकदिन अघि दोस्रो खेलमा २१ बलमा ५३ रन जोडेका थिए । दुई साता अघि पपुवा न्युगिनीविरुद्ध नै ८६ रनको इनिङ खेलेका थिए । एक महिना अघि आसिफले नामिबियाविरुद्ध टियु मैदानमा ८१ रन जोडेका थिए ।

यता बलिङतर्फ सन्दीप लामिछानेले दुई स्थान सुधार गर्दै २१ औं स्थानमा उक्लिएका छन् । सन्दीपले भारतका जस्प्रित बुमराह (२६औं), कुलदीप यादव (२३ औं), पाकिस्तानका शादब खान (३९ औं), युजभेन्द्र चहल (४० औं) लाई पछि पारेका छन् ।
त्यस्तै बलिङतर्फ सोमपाल कामीले पनि तीन स्थान सुधार गर्दै ६० औं स्थानमा उक्लिएका छन् ।

दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गर्दै ६३ औं र करण केसीले तीन स्थान सुधार गर्दै ९५ औं स्थानमा छन् । पछिल्लो समय आइसिसी विश्वकप लिग-२ मा सानदार प्रदर्शनपछि नेपाली खेलाडीहरुले वरियतामा पनि सुधार गरेका छन् ।

आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ। नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएकोछ । नेपाल भन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ ।

भारत शीर्ष, अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं, वेस्टइन्डिज १० औं र आयरल्यान्ड ११ औं स्थानमा छन् ।

टि२० आई वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला ११ मध्य १० खेल जितेपछि एक महिनामा तीन स्थान सुधार गरि सकेको छ ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.