default_image

2 years ago

March 14, 2023

बेंगलोरको लगातार पाचौं हार

168 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) २०२३ मा लगातार पाँचौं हार व्यहोरेको छ । सोमबार राती बेंगलोर दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित हुँदै लगातार पाँचौं हार व्येहोरेको छ । योसँगै बेंगलोरको एलिमिनेटर सम्भावना झिनो अंक गणीतिय बाँकी छ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा जेस जोनसनले १५ बलमा ४ चौका र १ छक्कासहित २९ रनको उत्कृष्ट इनिङ खेलिन् । मरिजान कप्प ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहिन् ।

जेमिमाह रोडिगस २८ बलमा ३ चौकासहित ३२ रन जोडिन् । एलिस क्याप्सी २४ बलमा ८ चौकासहित ३८ रन जोडिन् । बंगलोरकी एशा शोेबनाले सर्वाधिक दुई विकेट लिइन् । मेगन स्कट र प्रिती बोसले एक एक विकेट लिइन् ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । बेंगलोरकी एलिसा पेरीले ५२ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको उत्कृष्ट अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकिनन् ।

विकेटकिपर रिचा घोषले १६ बलमा ३ चौका र ३ छक्कासहित ३७ र स्मृति मन्धना ८ रनमा आउट भइन् । दिल्लीकी शिखा पाण्डेले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् ।

मुम्बई ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । युपी वारियर्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । गुजरात जायन्ट्स ४ खेलमा १ मा जित र ३ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ ।

बेंगलोर ५ खेलमा जित विहीन हुँदै पुछारमा छ । डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.