2 years ago
March 13, 2023
एजेन्सी – उत्कृष्ट ब्याटिङ गर्दै दुवै टोलीको तर्फबाट गरि चार सानदार शतक प्रहारपछि भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट खेल ड्रमा सकिएको छ । अष्ट्रेलिया दोस्रो इनिङमा १७५–२ को अवस्थामा पाँचौं दिनको खेल सकिएपछि खेल ड्र भएको हो । योसँगै चार टेस्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
उता न्युजिल्यान्डले श्रीलंकालाई हराएसँगै भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगेको छ । आगमी जुन पहिलो साता भारत र अष्ट्रेलियाबीच उपाधिको लागि इंग्ल्यान्डमा प्रतिस्पर्धा हुनेछ ।
दोस्रो इनिङमा अष्ट्रेलियाका ट्रविस हेड १ सय ६३ बलमा १० चौका र २ छक्कासहित ९० रनमा आउट भए । मार्नस लाबुसेन २ सय १३ बलमा ७ चौकासहित ६३ र स्टिभ स्मिथ १० रनमा अविजित रहे ।
अष्ट्रेलियाका उस्मान खवाजा र क्यामरन ग्रीनले पहिलो इनिङमा सानदार शतक हानेका थिए । भारतका विराट कोहली र शुभमन गिलले पनि शतक हान्दै गतिलो जवाफ फर्काएपछि खेल ड्र भएको थियो । भारत पहिलो इनिङमा चौथो दिन अल आउट भएपछि ड्र पक्कापक्की बनेको थियो ।
भारत पहिलो इनिङमा चौथो दिन अन्तिम सेसनमा ५ सय ७१ रनमा अल भएको थियो । भारतका विराट कोहलीले ३ सय ६४ बलमा १५ चौकासहित १ सय ८६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । कोहलीको यो टेस्ट करिअरको २८ औं शतक थियो । कोहलीले टेस्टमा २०१९ पछि शतकको खडेरी तोडेका थिए । कोहली नै खेलको प्लेयर अफ द म्याच चुनिए ।
तेस्रो दिन भारतका युवा ओपनर शुमभन गिलले २ सय ३५ बलमा १२ चौका र १ छक्कासहित १ सय २८ रनको शतकीय इनिङ खेलेका थिए । तल्लोक्रमका अक्षर पटेलले १ सय १३ बलमा ५ चौका र ४ छक्कासहित ७९ रनको आक्रामक इनिङ खेले । अष्ट्रेलियाका नाथन लायन र टोड मर्फीले तीन तीन विकेट लिए ।
त्यअसघि अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय ८० रनमा अल आउट भएको थियो । ओपनर उसन खवाजाले ४ सय २२ बलमा २१ चौकासहित १ सय ८० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
क्यामरन ग्रीन १ सय ७० बलमा १८ चौकासहित १ सय १४ रनमा आउट भए । ग्रीनको यो अन्तर्राष्ट्रिय कुनैपनि संरचनाको पहिलो शतक हो । पाँचौं विकेटका लागि ग्रीन र उस्मान खवाजाले २ सय ८ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।
भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ६ विकेट लिए । मोहम्मद शामीले दुई, रविचन्द्र जडेजा र अक्षर पटेलले एक एक विकेट लिए । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विन खेलको प्लेयर अफ द सिरिज चुनिए । भारत पहिलो खेलमा १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो ।
दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको थियो । यी दुई टोलीबीच अव तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो ओडिआई १७ मार्च, दोस्रो खेल १९ मार्च र तेस्रो खेल २२ मार्चमा हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]