default_image

2 years ago

March 13, 2023

गुलशन बेन्चमा, उरा टोलीमै छैनन्

558 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झालाई बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । नेपालले युएईसँगको खेलमा आफ्ना प्रमुख बलर करण केसीलाई विश्राम दिएको थियो । गुलशनले खेल्ने मौका पाउँदा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

बलिङमा एक विकेट लिएका थिए । युएई र पिएनजीविरुद्ध खेलको पिच परिवर्तन छ । त्यसैले आफ्ना प्रमुख बलर करणलाई टोलीमा फर्किएको छ । करण र सोमपाल कामीले नेपालको तीव्र गतिको बलिङ आक्रामण सम्हाल्नेछन् । नेपालले प्रतिश जि.सी, ज्ञानेन्द्र मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ ।

उता युएईविरुद्ध घाइते भएका पिएनजीका टोनी उरा भने टोलीमै छैनन् । पिएनजीले टोलीमा भने कुनै परिवर्तन गरेको छैन । टोनी उरा भने पिएनजीले बुझाएको १४ जनाको खेलाडीको सूचिमा नै छैनन् ।

नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपाल चौथो स्थानमा रहँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ।

नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ । दुई मध्य एक खेल पराजित भएमा भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । त्यसैले नेपाल दुवै खेल जित्दै सोझै विश्वकप छनोट खेल्न चाहन्छ ।

यता पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । अव प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्न सकेमात्रै पिएनजीले विश्वकप छनोट खेल्न पाउँछ । त्यस्तै सोझै ओडिआई मान्यता अवसर गुमाएको पिएनजीले प्लेअफ क्वालिफायरमा जर्सी र क्यानडालाई पछि पार्न सके निरन्तरता पाउनेछ । अन्यथा चार वर्षको लागि ओडिआई मान्यता गुम्ने देखिन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।

पिएनजीको प्लेइङ ११ :

असद भाला (कप्तान), किप्लिङ डोरिगा, चाल्स अमिनी, सेसे बाउ, हिरा भाले, हिरि हिरि, राइली हेकुरे, नर्मन भानुवा, सेमो कमिया, कबुवा मोरेआ र चाद सोफर ।

December 12, 2024

पोखराविरुद्ध विराटनगरको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध मध्यम योगफल तयार गरेको छ । टस जितेर ब्याटिङ रोजेको विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दिएको हो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो । विराटनगरका लागि स्कट […]

December 12, 2024

अफगानिस्तानमाथि जिम्बाब्वेको रोमाञ्चक जित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पहिलो टि ट्वान्टी आई खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । योसँगै तीन खेलको टि ट्वान्टी आई सिरिजमा जिम्बाबेले १–० को अग्रता लिएको छ । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य जिम्बाब्वेले अन्तिम बलमा […]

December 12, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् । आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार […]

Success

Thank you for your time.