default_image

1 year ago

March 10, 2023

लगातार दुई विकेट गुमेसँगै संकटमा युएई

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – २१ वर्षीय युवा ब्याटर आर्यन लाक्रा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक बनाउँदै आउट भएपछि युएई संकटमा परेको छ।

जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३१.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ। आर्यन लाक्रा ७२ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा क्याच आउट भएपछि युएई संकटमा परेको छ।

नर्मन भानुवाको बलमा लाक्रा एज लागेर असद भालाबाट क्याच आउट भए । त्यसअघिको बलमा रोहन मुस्तफा असद भालाको बलमा ११ रनमा एलबीडब्लू आउट भए । लगातार दुई विकेट गुमाएपछि युएई पूर्ण रुपमा दबाबमा छ । जितको लागि १८.५ ओभरमा १ सय ५ रन चाहिँदा हातमा चार विकेट मात्रै बाँकी छ ।

युएईलाई ओपनर तथा कप्तान मोहम्मद वासिमले २७ बलमा ४ चौका र ३ छक्कासहित ४१ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । वासिम तीव्र गतिका बलर काबुआ मोरेआको सातौं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा राइली हेकुरेबाट क्याच आउट भएका थिए ।

हेकुरेले अर्का ओपनर आसिफ खानलाई ११ रनमा कट एण्ड बोल्ड आउट गरे । असद भालाले वृत्य अरविन्दलाई शून्यमा चाल्स अमिनीबाट क्याच गराएपछि युएई ७१–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि सिपी र आर्यन लाक्राले ५० रनको साझेदारी गरेका थिए ।

सिपी रिजवान ४६ बलमा २ चौकासहित १९ रनमा रन आउट भए । आर्यनसँग तालमेल नमिल्दा रन आउटको शिकार हुन पुगेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । पिएनजीका सेसे बाउ १ सय ६ बलमा १० चौकासहित सर्वाधिक ८१ रनमा अविजित रहे ।

ओपनर हिरि हिरि ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रनमा बोल्ड आउट भए । डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए । युएईका आयन खानले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.