2 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– पपुवा न्युगिनीका ओपनर हिरि हिरि र सेसे बाउले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध इतिहास रचेका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ । सेसे बाउ ६० बलमा ७ चौकासहित ५१ र चाल्र्स अमिनी एक रनमा क्रिजमा छन् ।
ओपनर हिरि हिरि ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रनमा बोल्ड आउट भए । करिअरको उत्कृष्ट प्रदर्शन गरेका हिरि आयन खानको बलमा बोल्ड आउट भए ।
यसअघि तल्लोक्रममा खेल्ने हिरिलाई पिएनजीले टोनी उराको स्थानमा ओपनिङ गराएको थियो । त्यो अवसरलाई भरपूर्ण फाइदा उठाउँदै उत्कृष्ट ब्याटिङ गरे । आयन खानले कप्तान असद भालालाई शून्यमा बोल्ड गर्दै ह्याटिक नजिक पुगेका थिए ।
दोस्रो विकेटका लागि हिरि र सेसे बाउले १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी पिएनजीको ओडिआईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
यसअघि उच्च साझेदारी नेपालविरुद्ध गतवर्ष चौथो विकेटका लागि लेगा सियाका र सेसे बाउले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।
पिएनजीबाट ओडिआईमा तेस्रो पटक मात्रै शतकीय साझेदारी बनेको हो । गतवर्ष घरेलु टोली नामिबियाविरुद्ध टोनी उरा र किप्लिङ डोरिगाले पहिलो विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।
पिएनजीलाई ओपनर किप्लिङ डोरिगा र हिरिले १०.१ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा आयन खानको बलमा ५५ रनमा एलबीडब्लू आउट भए । डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । युएईको ३२ खेलमा ३१ अंक छ ।
शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने हुन्छ । पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]