2 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर आसिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेपछि लामो प्रतीक्षा पूरा भएको बताएका छन् ।
पिएनजीलाई ५२ रनले हराउन ओपनर आसिफ शेखले १ सय १० बलमा १० चौका र २ छक्कासहित १ सय १० रनको शतकीय इनिङ खेले । आसिफको यो नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।
‘एउटा राम्रो ठूलो राहत भनौं न । यति दिन र खेलदेखि पर्खि रहेको थिएँ । ३२ वटा खेल भई सकेको थियो । ओडिआई शतकको लागि पर्खि रहेको थिए । अन्तिममा आयो । शतक राम्रो अवस्थामा आयो । एकदमै खुसी लागेको छ’, आसिफले जितपछि भने ।
आसिफले शतक बनाउन तीन जीवनदान पाए । ‘क्याच ड्रप एउटा पार्ट अफ गेम हो । क्याच छाडेपछि पक्कैपनि राहत हुन्छ । फेरि त्यहाँबाट आफ्नो इनिङलाई पुन सुरुवात गरे’, उनले भने ।
नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । पछिल्लो खेलमा दुबईमा ओपनर कुशल भुर्तेल ग्रोइन चोटका साथ टोलीमा थिएनन् । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १ सय १० रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए ।
‘विहानको कन्डिसनमा जहिले पनि विकेट केहि स्वलो हुन्छ । हामीले त्यही योजना बनयौं की केहि सुस्त खेल्छौं । जस्तो बल आउछ र त्यहिँ अनुसार खेल्ने र बाउन्ड्री विकल्प सकेसम्म पावर प्लेमा प्रयोग गर्ने थियो । कुशलसँग त्यहिँ कुरा भएको थियो’, आसिफले भने ।
आसिफले पपुवा न्युगिनीविरुद्ध दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा अघिल्लो साता ८६ रनको इनिङ खेल्दै जिताएका थिए । १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई एक समय १०५–७ को दयनीय अवस्थाबाट आसिफले जित सम्म पुर्याएका थिए । उक्त खेलमा सन्दीप लामिछानेसँग ७७ रनको अविजित साझेदारी गरेका थिए ।
आसिफले त्यस खेलमा पुरै ४९.२ ओभर विकेटकिपिङ गरेर ४८ ओभर ब्याटिङ गरेका थिए । आसिफले नेपालबाट ओपनिङ र विकेटकिपिङ गर्दै आएका छन् । जुन आफैंमा एक कठिन कार्य हो । आसिफ फिटनेशमा भरपर्ने बताउँछन् ।
‘त्यो त अव फिटनेशमा निर्भर पर्छ । तपाई कति फिटनेश हुनु हुन्छ । पक्कैपनि ५० ओभरको खेल खेल्नु छ भने फिटनेशमा काम गर्नुपर्छ । त्यसको लागि हाम्रो टेनलरले हामीमथि धेरै मिहिनेत गर्नुहुन्छ । त्यसले गर्दा त्यति गाह्रो अनुभव हुँदैन’, आसिफले भने ।
२०१६ मा आसिफले एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजबाट नेपाली टि२० फ्रेन्चाइज लिगमा शतक हान्ने पहिलो खेलाडी बनेका थिए । उक्त शतक उनले टियु मैदानमै हानेका थिए ।
‘टियुमा खेल्दा केहि फाइदा हुने आसिफ बताउँछन् । टियुमा खेल्दा केहि फाइदा हुन्छ । किनभने वहाँको विकेटमा धेरै खेल खेलि सक्यौं । घरेलु दर्शकको सामु खेल्दा सबैले चेयर गरि रहेको हुन्छ । हरेक बलमा साथ दिएका हुन्छन् । त्यसले गर्दा हाम्रो लागि धेरै फाइदा हुन्छ । त्यसले गर्दा टियुमा खेल्दा मज्जा पनि आउँछ’, उनले भने ।
नेपाल ओडिआई मान्यता जोगाउन अव एक जित टाढा छ । बाँकी तीनै खेल जितेमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । ‘हामीले तीन खेल हेरेका छौं । हामीलाई तीन खेल नै जित्नुछ । तीन खेल जितेर विश्वकप छनोटमा जान्छौं । तर हामीले एक पटकमा एउटा खेललाई लिएका छौं । हाम्रो सबै ध्यान एक खेलमा हुन्छ’, आसिफले भने ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]