2 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती पाँच ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएको छ ।
नेपालका आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा क्रिजमा छन् । कुशल भुर्तेल १४ बलमा ४ रनमा क्रिजमा छन् । ओपनर आसिफ शेखले तेस्रो ओभरको चौथो बलमै ब्यक्तिगत पाँच रनमा जीवनदान पाए ।
चोभार एण्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए । त्यसअघिको बल उनले एलबीडब्लूको अपिल समेत गरेका थिए । सुरुवातको पहिलो ओभरको दोस्रो बलमै सेमोले उत्कृष्ट योर्कर बल हालेका थिए । योर्कर बल कुशलले राम्रो बचाउ गरेका थिए ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेललाई प्लेइङ ११ मा खेलाएको छ । कुशललाई खेलाउँदा नेपालले प्रतिश जि.सीलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छनै । नेपालले आजको खेलमा प्रतिश जि.सी, गुलशन झा र ललितनारायण राजवंशीलाई बेन्चमा राखेको छ ।
कुशलले युएईसँगको अन्तिम खेल ग्रोइन समस्याको कारण गुमाएका थिए । तर उनी फिट भएपछि प्रशित बाहिर बसेका हुन् । टोलीमा सोमपाल कामी र करण केसी तीव्र गतिका बलर छन् । तेस्रो विकल्पमा आरिफ शेख छन् । टियुको पिचमा तीव्र गतिका बलर भन्दा स्पिनरमा बढी सहयोग मिल्छ । त्यसैले दुई प्रमुख तीव्र गतिका बलर मैदान उतारेको छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]
January 13, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ […]
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]