default_image

2 years ago

March 7, 2023

दुई नयाँ अनुहार समेट्दै नेपाल आउने युएईको टोली घोषणा

331 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल खेल्न आउने युएई टोलीले दुई नयाँ अनुहारलाई मौका दिएको छ । मध्यक्रम ब्याटिङमा लगातार खराब प्रदर्शनपछि युएईले दुई ब्याटरलाई पहिलो पटक मौका दिएको हो ।

मोहम्मद वासिमको कप्तानीमा युएईले १४ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा टोलीमा १८ वर्षीय आर्यंश शर्मा र २१ वर्षीय अश्वन्त वल्थापा पहिलो पटक टोली परेका छन् ।

शर्माले युएईबाट यू-१९ टोलीबाट खेलि सकेका छन् । वल्थापापनि यूएईको टोली प्रतिनिधित्व गरेका छन् । त्यस्तै टोलीमा जवार फरिद पनि फर्किएका छन् । एलिशान शराफु, राहुल भाटिया र सबिर अली युएईको टोलीबाट बाहिरिएका छन् ।

युएईको मध्यक्रम ब्याटिङ वर्तमान समयको सबैभन्दा ठूलो समस्या हो । त्यसैको कारण दुई ब्याटरलाई टोलीमा मौका दिएको छ । युएई ३२ खेलमा ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । युएईलाई शीष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न बाँकी चार मध्य तीन खेल जित्नुपर्ने हुन्छ।

युएईले घरेलु मैदानमा चार मध्य तीन खेल हारेपछि समस्यामा परेको हो । पपुवा न्युगिनीसँग दुवै खेल हारेको थियो । नेपालसँग एक खेलमा जित र एक हार व्येहोरेको थियो । युएईले पहिलो १० मार्चमा पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ । १२ मार्चमा नेपाल, १५ मार्चमा पपुवा न्युगिनी र १६ मार्चमा नेपालसँग खेल्नेछ ।

यो आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज समेत हो । युएई आज नै नेपाल आउँदैछ । नेपाल टोली पनि आज साँझ स्वदेश आइपुग्नेछ ।

युएईको टोली :

मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लक्रा, अश्वन्त वल्थापा, आसिफ खान, अर्यांश शर्मा, सिपी रिजवान, हजरत बिलाल, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.