2 years ago
March 6, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका युवा ब्याटर भीम सार्कीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरेका छन् ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३९.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको छ । नेपालका भीम सार्की ७८ बलमा ५ चौकासहित ५३ रनमा अविजित छन् ।
भीमको यो सिनियर टोलीमा पहिलो अर्धशतक हो । उनले ७८ बलमा आफ्नो सिनियर टोलीबाट कुनैपनि खेलमा पहिलो अर्धशतक पूरा गरे । भीमले जहुर खानलार्य थर्डम्यानमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए । आरिफ शेख १९ रनमा क्रिजमा छन् ।
एक समय १७.१ ओभरमा ६८–५ को अवस्थामा पुगेको नेपाललाई सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरे । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्केका थिए ।
ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल स्पिनर आयन लर्कानको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भएपछि नेपाल समस्यामा परेको थियो । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे ।
ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
लर्कानको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८–५ को अवस्थामा पुगेको थियो । त्यसपछि नेपालले सन्दीपलाई ब्याटिङमा पठाएको थियो ।
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]