default_image

2 years ago

March 6, 2023

नेपाललाई विश्वकपमा पुर्याउने आफ्ना तीन खेलाडीलाई रुपन्देहीको स्वागत

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपमा पुर्याउने आफ्ना तीन खेलाडीलाई रुपन्देही जिल्ला क्रिकेट संघले स्वागत गरेकोछ । रुपन्देहीबाट नेपालको प्रतिनिधित्व गर्दै कप्तान देव खनाल, ब्याटर आकाश त्रिपाठी र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई रुपन्देहीले आइतबार गौतम बुद्ध विमानस्थल भैरहवामा स्वागत गरेको हो ।

रुपन्देहीले आफ्ना जिल्लाका तीन खेलाडीलाई स्वागत गर्नुको साथै भैरहवामा ¥याली गराएको थियो । रुपन्देही जिल्ला क्रिकेट संघका सचिव सञ्जय गुरुङसहितको टोली विमानस्थल पुगेर खेलाडीलाई स्वागत गरेका थिए । सञ्जयका अनुसार रुपन्देही सुपर लिगको फाइनल चैत्र ४ मा यी तीन खेलाडीलाई सम्मान पनि गर्नेछ ।

नेपाललाई विश्वकपमा पुर्याउन कप्तान देव खनालले उत्कृष्ट कप्तानी प्रदर्शन गरेका थिए । देवको प्रदर्शन र कप्तानी दुवै उत्कृष्ट रह्यो । कुवेतविरुद्ध देवले १ सय २५ र फाइनलमा युएईविरुद्ध ५१ रन जोडेका थिए ।

आकाश त्रिपाठीले डेब्यू खेलमा सिंगापुरविरुद्ध ७८ र हङकङविरुद्ध ६४ रनको इनिङ खेलेका थिए । ४८ औं ओभर दीपेश कँडेललाई दिने देवको निर्णय नेपाललाई जित सम्म पुर्याएको थियो ।

तीव्र गतिका बलर दुर्गेश गुप्ता पहिलो खेलमा सिंगापुरपछि अन्य खेलमा मौका पाएनन् । दोस्रो खेलमा उनको स्थानमा खेलेका आकाश चन्दले ६ विकेट लिएपछि दुर्गेशले मौका पाएका थिएनन् ।

नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्रको निर्णायक खेलमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको थियो ।

युएईलाई जितको लागि अन्तिम १५ बलमा ८ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ह्याट्रिक लिँदै अविश्वसनीय रुपमा जित दिलाएका थिए । रुपन्देही घरेलु क्रिकेटमा सवैभन्दा ब्यस्त जिल्ला हो । ग्रास रुट क्रिकेट विकाशको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

रुपन्देही बलियो हुनु र खेलाडी उत्पादन हुनुमा रुपन्देही सुपर लिग प्रमुख आधार हो । २०५३ सालदेखि रुपन्देही सुपर लिग हुँदै आएको छ । क्यान निलम्बन हुँदा पनि रुपन्देहीले सुपर लिग रोकिएको थिएन । अहिले रुपन्देही सुपर लिगमा ए डिभिजन र बी डिभिजन गरि कुल २० क्लब छन् ।

जिल्लाको प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छ । राम्रो प्रदर्शन गर्ने शीर्ष चार टोली ए डिभिजनमा बढुवा र कमजोर प्रदर्शन टोली बी डिभिजनमा घटुवा हुन्छन् ।

रुपन्देही सुपर लिग सिद्धार्थ रंगशालामा जारी छ । रुपन्देही सुपर लिग घरेलु क्रिकेटकै उदाहरणीय प्रतियोगितामा पर्दछ । जुन क्लब क्रिकेटको अवधारण नेपाल क्रिकेट संघ(क्यान) ले पनि घरेलु क्रिकेटमा लागु गर्न आवश्यक देखिएको छ ।

December 3, 2024

कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो मंगलवार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विलियमलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टि ट्वान्टी प्रतियोगिता खेलेका छन् । उनले […]

December 3, 2024

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा मंगलवार नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन […]

December 3, 2024

पोखरा ७४ रनमा अल आउट, चितवनको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो । मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो । पोखराका […]

Success

Thank you for your time.