default_image

2 years ago

March 4, 2023

जैसवालको अभुतपूर्व प्रदर्शन

168 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा ब्याटर यशस्वी जैसवालले एकै खेलमा दोहोरो शतक र शतक प्रहार गर्दै अभुतपूर्व प्रदर्शन गरेका छन् । भारतको चर्चित इरानी कपमा जैसवालले रेष्ट अफ इन्डियाबाट मध्य प्रदेशविरुद्ध उक्त प्रदर्शन गरेका हुन् ।

जैसवालले पहिलो इनिङमा २ सय ५९ बलमा ३० चौका र ३ छक्कासहित २ सय १३ रनको सानदार दोहोरो शतकीय इनिङ खेले । उनको उक्त दोहोरो शतकको सहयोगमा रेस्ट अफ इन्डियाले पहिलो इनिङमा ४ सय ८४ रनमा अल आउट भयो । त्यस्तै ओपनर अभिमन्यु इश्वरनले २ सय ४० बलमा १७ चौका र २ छक्कासहित १ सय ५४ रनको शतकीय इनिङ खेले ।

मध्य प्रदेशका आवेश खानले सर्वाधिक चार विकेट लिए । अनुभव अग्रवाल र कुमार कार्तिके सिंहले दुई दुई विकेट लिए । मधेश प्रदेश पहिलो इनिङमा २ सय ९४ रनमा अल आउट भयो ।

मध्य प्रदेशका यश दुवेले २ सय ५८ बलमा १६ चौकासहित सर्वाधिक १ सय ९ रन बनाए । रेस्ट अफ इन्डियाका पुलकित नारङले सर्वाधिक चार विकेट लिए । नवदीप सैनी तीन र मुकेश कुमारले दुई विकेट लिए ।

दोस्रो इनिङमा यशस्वी जैसवाल १ सय ५७ बलमा १६ चौका र ३ छक्कासहित १ सय ४४ रन बनाउँदै आउट भएका छन् । रेस्ट अफ इन्डियाले २ सय ४६ रनमा अल आउट भएको छ । समग्रमा ४ सय ३६ रनको अग्रता लिएको छ ।

इरानी कप भारतको चर्चित घरेलु खेल हो । भारतीय टोलीमा नपरेका उत्कृष्ट खेलाडीले रेस्ट अफ इन्डियाबाट खेल्छन् । रणजी ट्रफीको विजेता टोलीले रेष्ट अफ इन्डियाविरुद्ध खेल्न पाउँछ । मध्य प्रदेश गतवर्ष सिजनको रणजी च्याम्पियन हो । लगातार सानदार प्रदर्शन गर्दै आएका युवा ब्याटर जैसवाललाई भारतीय ब्याटिङको भविष्यको रुपमा हेरिदै आएको छ ।

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]

December 19, 2024

दोस्रो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको […]

December 19, 2024

श्रीलंकाविरुद्ध नेपाल यु १९ ले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा […]

Success

Thank you for your time.