default_image

2 years ago

March 1, 2023

अष्ट्रेलियामा नेपाली समुदाय बीच क्याम प्रिमियर लिग हुने

345 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अष्ट्रेलियाको सिड्नीमा नेपाली समुदायको बीचमा क्याम प्रिमियर लिग अष्ट्रेलियाको सिड्नीमा नेपाली समुदायको बीचमा क्याम प्रिमियर लिग आयोजना हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । क्याम प्रिमियर लिग यसपटक डे नाइटमा हुने बताइएको छ ।

‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ क्याम युथ एसोसिएनले आयोजना गर्ने प्रतियोगिता मार्च १९ बाट सुरु हुने र जुनको मध्यसम्म सञ्चालन हुनेछ । आयोजक एसोसिएसनका अनुसार लिग साताको अन्तिम दिने हुनेछ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ भने ब्रेसिंगटन पार्क , साउथ एभर्ली पार्क र नर्थ एभर्ली पार्कमा खेलहरु सञ्चालन हुनेछन् ।

क्रिकेटमार्फत नेपाली समुदायलाई चिनाउने, व्यवसायिक खेलाडी तयार पार्न मद्दत गर्ने, मानसिक रुपमा तनाव मुक्त रहन सहयोग पुरउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल पहिलो सिजनको उत्कृष्ट ११ र जेनएक्स उत्कृष्ट ११ बीच हुनेछ । उद्घाटन खेलको नारा से नो टु सुसाइड रहेको छ । अस्ट्रेलियामा नेपाली समुदायमा बढ्दो आत्महत्याका घटनालाई न्यूनिकरण गर्ने प्रयास स्वरुप एसोसिएसनले नारा तय गरेको हो ।

क्यामको विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । प्रतियोगितालाई किंग्सटन इन्स्टिच्युट अस्ट्रेलियाले मुख्य प्रायोजन गरेको छ । एसोसिएसनका अनुसार उपविजेताको पुरस्कार प्रायोजन रे प्रोपर्टिजले गरेको छ ।

प्लेयर अफ द सिरिजको प्रायोजकमा सफल एजुकेसन एण्ड भिसा सर्भिसेज, उत्कृष्ट ब्याट्सम्यानको प्रायोजकमा इम्पेरीयल कलेज, उत्कृस्ट बलरको प्रायोजकमा फिक्सर अटो मोबाइल्स र प्लेयर अफ द म्याचको प्रायोजकमा एससी ट्रान्सपोर्ट रहेको बताइएको छ । प्रतियोगितालाई केटिएम कन्सल्टिंग, कार्ल्टन ग्रोसरी र सिड्नी प्रिन्ट एण्ड डिजाइनले पनि साथ दिएको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण फेसबुक र युट्युबबाट हुनुका साथै खेलको स्कोर क्रिकक्लब एप मार्फत हेर्न सकिनेछ जनाएको छ । गत सिजन प्रतियोगिताको उपाधि बुद्ध भुमी क्रिकेट क्लबले जितेको थियो ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब , वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगिताम भाग लिएका छन् ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.