2 years ago
February 28, 2023
दुबई (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर दीपेश कँडेलले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ३५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।
दीपेशले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । कँडेलले बलिङ गरेको ६० बल मध्य ५३ बल डट राख्दै अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन गरे । तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
स्पिनर मिलन बोहराको बलमा एज लागेर अर्का ओपनर मोहम्मद हर्सन १२ रनमा बोल्ड आउट भएका थिए । उनले २४ बल खेल्दै २ चौका प्रहार गरे । मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित २६ रनमा क्याच आउट भए ।
उनी स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । मोहम्मद आलिफ शमासुल बहरिन २८ बल खेल्दै ४ रनमा दीपेश कँडेलबाट कट एड बोल्डको शिकार बने।
दीपेशले नै सिद्धार्थ निलकण्ठनलाई ३ रनमा स्टम्पिङ आउट गराए । मिलनले शिवनाराण राहुललाई १ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै अजरी अजर जामानलाई विकेटकिपर उत्तम थापामगरबाट पाँच रनमा क्याच गराए ।
नेपालले आज विकेटकिपर दीपक डुम्रेको स्थानमा स्पिन अलराउन्डर मिलन बोहरालई मौका दिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]