default_image

2 years ago

February 28, 2023

दीपेश र मिलनको घातक बलिङ

302 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालका दुई स्पिनर मिलन बोहरा र दीपेश कँडेलले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले २६ ओभरमा ६ विकेट गुमाउँदै ५४ रन बनाएको छ ।

तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर मिलन बोहराको बलमा एज लागेर अर्का ओपनर मोहम्मद हर्सन १२ रनमा बोल्ड आउट भएका थिए । उनले २४ बल खेल्दै २ चौका प्रहार गरे ।

मोहम्मद अकरम मलेल ५१ बलमा ३ चौकासहित २६ रनमा क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । मोहम्मद आलिफ शमासुल बहरिन २८ बल खेल्दै ४ रनमा दीपेश कँडेलबाट कट एड बोल्ड आउट भए ।

दीपेशले नै सिद्धार्थ निलकण्ठनलाई ३ रनमा स्टम्पिङ आउट गराए । मिलनले शिवनाराण राहुललाई १ रनमा एलबीडब्लू आउट गरे । नेपालका बायाँ हाते स्पिनर दीपेश कँडेलले ६ ओभरमा २ मेडनसहित ६ रन खर्चेर २ विकेट लिएका छन् । उनले गरेका ३६ बल मध्य ३१ डट राखेका छन् । मिलन बोहराले ८ ओभरमा ४ मेडनसहित ८ रन खर्चेर २ विकेट लिएका छन् । मिलनले ४८ मध्य ४२ बल डट राखेका छन् ।

नेपालले आज विकेटकिपर दीपक डुम्रेको स्थानमा स्पिन अलराउन्डर मिलन बोहरालई मौका दिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]

September 27, 2024

तीन खेलाडीको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]

September 27, 2024

विश्वकप लिग टु – क्यानडाको लगातार चौथो जित

एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ । विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो । १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.