default_image

2 years ago

February 27, 2023

सुवास र हेमन्तको सानदार बलिङसँगै नेपाललाई हङकङको सामान्य लक्ष्य

393 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीको सानदार बलिङ प्रदर्शनसँगै हङकङले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाललाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भयो ।

हङकङका मध्यक्रमका ब्याटर पर्थ भगवतले ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । पर्थ बाहेक अन्य कुैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्पिनर दीपेश कँडेलको बलमा दीपक डुम्रेबाट क्याच आउट भएका थिए । मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । नेपालको सानदार बलिङ सामु हङकङका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । सुवासले ६० मध्य ५१ बल डट राखेका थिए । ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । हेमन्तले ३७ बल डटराखेका थिए । आकाश चन्दले ८.३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले एक विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यता युएईले मलेसियालाई ७ विकेट र हङकङलाई १ सय ६३ रनले हराएको थियो । समान ४ अंक भएपनि नेटरनरेटमा माथि रहँदै युएई शीर्ष स्थानमा छ ।

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

March 8, 2025

नेपाल र नामिबियाबीचको खेलमा बर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबिया र नेपालबीचको खेलमा बर्षा बाधक बनेको छ । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको स्थितीमा वर्षाका कारण खेल रोकिएको हो । त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित […]

March 8, 2025

विपिनको कप्तानीमा गण्डकीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी प्रदेश क्रिकेट संघले शनिवार विपिन खत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आइतवार सुरु हुने प्रतियोगिताको सबै खेल पहिलो पटक काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुँदैछ । […]

Success

Thank you for your time.