2 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ। लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि ३ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १ सय रनमा अल आउट भयो । कुवेतका ओपनर जुडे क्रिस्टोफर साल्दानाले सर्वाधिक २६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपाललाई तीव्र गतिका बलर आकाश चन्दले छैटौं ओभरको चौथो बलमा ओपनर हेट किशोरभाई हिन्शुलाई १६ बलमा ३ चौकासहित १६ रनमा देव खनालबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । तीव्र गतिका बलर हेमन्त धामीले अर्का ओपनर जुडे क्रिष्टोफर सल्धानालाई दीपक बोहराबाट २६ रनमा क्याच गराउँदै दोस्रो सफलता दिलाए ।
उनले २४ बलमा ४ चौका प्रहार गरे । आकाशले साउद मोहम्मद सदाथलाई ८ रनमा क्याच गराए । हेमन्त धामीले गौथम मोहनदासलाई एक रनमा बोल्ड गरेपछि कुवेत ५२–४ को दयनीय अवस्थामा पुगेको छ । आकाशले हेनरी थोमसलाई ३ रनमा आउट गरे ।
नेपालका आकाश चन्दले ९.५ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । स्पिनर दीपेश कँडेलले ८ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको थियो । नेपाललाई विशाल योगफलमा पुर्याउन देव खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हान्दै कीर्तिमान रचेका छन् ।
यसअघि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए । नेपालको जितमा कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । देवको यो करिअरको पहिलो शतक हो । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका थिए ।
१७ वर्षीय ओपनर अर्जुन कुमाल १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनमा क्याच आउट भए । अर्जुनको यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए । कप्तान देव खनाल र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगपफलको आधार तय गरेका थिए ।
नेपालको सुरुवात केहि कमजोर रहेको थियो । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८।४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी २ रनमा रन आउट हुँदा नेपाल ४५-२ को अवस्थामा पुगेको थियो ।
त्यसपछि नेपाललाई देव खनाल र अर्जुन कुमालले शतकीय साझेदारी गर्दै खेलमा पूरै हाबी बनाएका थिए । तल्लोक्रमका विशाल विक्रमे केसी १४ बलमा ४ चौकासहित २३ र दीपक बोहरा ९ बलमा ४ चौकासहित १९ रनमा आउट भए । दीपक डुम्रे १६ बलमा १ चौकासहित २०, दीपेश कँडेल र सुवास भण्डारीले २-२ रन बनाए ।
कुवेतका हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । अर्श साहिल काज्मीले ९ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा ९६ रनले विजयी भएको थियो ।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।
नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]