2 years ago
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङसँगै नेपाल आइसिसी यू१९ एसिया कप छनोटमा कुवेतमाथि विशाल जिततर्फ अघि बढेको छ । जितको लागि ३ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले १६ ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनाएको छ ।
नेपाललाई तीव्र गतिका बलर आकाश चन्दले छैटौं ओभरको चौथो बलमा ओपनर हेट किशोरभाई हिन्शुलाई १६ बलमा ३ चौकासहित १६ रनमा देव खनालबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । तीव्र गतिका बलर हेमन्त धामीले अर्का ओपनर जुडे क्रिष्टोफर सल्धानालाई दीपक बोहराबाट २६ रनमा क्याच गराउँदै दोस्रो सफलता दिलाए ।
उनले २४ बलमा ४ चौका प्रहार गरे । आकाशले साउद मोहम्मद सदाथलाई ८ रनमा क्याच गराए । हेमन्त धामीले गौथम मोहनदासलाई एक रनमा बोल्ड गरेपछि कुवेत ५२-४ को दयनीय अवस्थामा पुगेको छ । आकाशले हेनरी थोमसलाई ३ रनमा आउट गरे ।
आकाशले ८ ओभरमा ३० रन खर्चेर ४ विकेट लिएका छन् । हेमन्त धामीले ६ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका छन् ।
त्यसअघि मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको थियो। नेपालका कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । देवको यो करिअरको पहिलो शतक हो । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका थिए ।
अर्जुन कुमाल १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनमा क्याच आउट भए । अर्जुनको यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए । कप्तान देव खनाल र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगपफलको आधार तय गरेका थिए ।
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]