2 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र डिभिजन एकको छनोटमा तीव्र गतिका बलर गुलशन झाको स्थान आकाश चन्दले लिने भएको छन् । गुलशन झा सिनियर टोलीबाट आइसिसी विश्वकप लिग-२ खेल्ने भएपछि विहीबार देखि सुरुहुने उक्त प्रतियोगिताको लागि आकाश चन्दले मौका पाएका छन् ।
आकाश चन्द यसअघि नेपालको यू१९ अन्तिम १८ मा भने थिएनन् । तर गुलशन सिनियर टोलीबाट नै खेल्ने भएपछि आकाशलाई नेपालको यू-१९ टोलीमा समेटेको क्यानले जनाएको छ । आकाशले २०१९ नेपाली टोली भारत भ्रमण गर्दा यू१९ टोलीबाट खेलेका थिए ।
आकाशले सिनियर प्रतियोगिता त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्दछन् । यू१९ राष्ट्रिय प्रतियोगिता भने सुदूरपश्चिम प्रदेशबाट खेल्ने गर्दछन् । सुदूरपश्चिम प्रदेशले यू१९ राष्ट्रिय प्रतियोगिता उपाधि जित्दा आकाश चन्दले ७ खेलमा १५ विकेट लिएका थिए । नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्समा रहेपनि खेल्ने मौका पाएका थिएनन् । आकाश तीव्र गतिसँगै तल्लोक्रममा ब्याटिङको क्षमता राख्छन् । नेपाली यू१९ मा आकाशसँगै दुर्गेश थापा र हेमन्त धामी छन् ।
गुलशन सिनियर टोलीबाट विश्वकप लिग २ खेल युएई जाने भएपछि कप्तानी देव खनालले गर्ने भएका छन् । देव खनालले गत वर्ष नेपाली यू१९ टोलीको कप्तानी गरेका थिए । यू१९ टोली बुधबार र सिनियर टोली शनिबार युएई प्रस्थान गर्नेछ ।
नेपाल को यू-१९ टोलीले पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिंगापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ (फेब्रुअरी २५) कुवतेसँग खेल्नेछ । नेपालले त्यसपछि एकदिन विश्राम गर्नेछ । फागुन १५ (फेब्रुअरी२७) मा हङकङसँग खेल्नेछ ।
फागुन १६(फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८(मार्च २) मा युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।
नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाली टोली २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा छन् ।
नेपाली यू–१९ टोली :
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, आकाश चन्द र मिलन बोहरा ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]