default_image

2 years ago

February 21, 2023

नेपालले पहिलो पटक लगातार चार खेलमा टस जित्यो

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओडिआई क्रिकेटमा पहिलो पटक लगातार चार खेलमा टस जितेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

रोहित नेपालबाट ओडिआई क्रिकेटमा लगातार चार खेलमा टस जित्ने पहिलो कप्तान बनेका छन् । यसअघि नेपालले नामिबियासँग दुबै खेल र स्कटल्यान्डसँग पहिलो खेलमा टस जितेर फिल्डिङ रोजेको थियो ।

नेपाल तीनै खेलमा नेपाल विजयी भएको थियो । यसअघि नेपालले ओडिआईमा दुई खेल सम्म लगातार टस जितेको थियो । रोहित पौडेलले २०२२ डिसेम्बरमा नामिबिया भ्रमणमा अन्तिम दुबै खेलमा लगातार टस जितेका थिए।

२०१९ मा युएईसँगको तीन ओडिआई खेलमा पारस खड्काले अन्तिम दुई खेलमा लगातार टस जितेका थिए । २०२२ मार्चमा सन्दीप लामिछानेले युएई र पपुवा न्युगिनीविरुद्ध लगातार दुई खेलमा टस जितेका थिए । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन तीन विकेटले पराजित गरेको थियो ।

स्कटल्यान्डले एक परिवर्तन गरेको छ । नामिबियाविरुद्ध डेब्यू दिएका लियाम नेलरको स्थानमा जर्ज मुन्शेलाई खेलाएको छ । नेपालले गुलशन झाको स्थानमा ललित नारायण राजवंशीलाई मैदान उतारेको छ ।

स्कटल्यान्डको लिग–२ मा यो अन्तिम खेल हो । पहिलो खेलमा नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । नेपालसँगको खेलपछि स्कटल्यान्डले उपाधि ट्रफी टियु मैदानमै पाउनेछ । स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड जितका साथ अन्त्य गर्न चाहन्छ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।

स्कटल्यान्डको प्लेइङ ११ :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याथ्यु क्रस, क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, शफ्यान शरिफ र मार्क वाट् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.