2 years ago
February 21, 2023
एजेन्सी – ओपनर स्मृति मन्धनाको उत्कृष्ट ब्याटिङमा भारतले दक्षिण अफ्रिकामा जारी महिला टि२० विश्वकपमा आयरल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह बी बाट भारत उपविजेता बन्दै समूह ए को विजेता अष्ट्रेलियासँग सेमिफाइनल खेल्ने पक्का भएको हो ।
जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ८.२ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । पुन खेल सुरु हुन नसकेपछि भारत डकवर्थ लेविस पद्धतिको आधारमा विजयी हुँदै सेमिफाइनलमा स्थान बनाएको हो । आयरल्यान्डकी गेवि लुईस २५ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहिन् । भारतकी रेणुका सिंहले एक विकेट लिइन् ।
त्यसअघि जर्ज पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । भारतकी ओपनर स्मृति मन्धनाले ५६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनको इनिङ खेलिन् । ओपनर शफाली बर्मा २४, कप्तान हरमनप्रीत कौर १३ र जेमिमाह रोडिगर्सले १९ रन बनाइन् ।
आयरल्यान्डकी लौरा डेलानीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिइन् । ओर्ला प्रेन्डरगस्टले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । समूह ए बाट अष्ट्रेलिया ४ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो ।
सेमिफाइनलमा पुग्ने दोस्रो टोली निर्धारण लाग्न बाँकी छ । घरेलु टोली दक्षिण अफ्रिकाले आज बंगलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिका विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । यदि दक्षिण अफ्रिका पराजित भएमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने समिकरण छ ।
यता इंग्ल्यान्ड समूह बी को विजेता टोली हो । इंग्ल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया र भारतबीचको पहिलो सेमिफाइनल खेल २३ फेब्रुअरीमा हुनेछ । इंग्ल्यान्ड र समूह ए को उपविजेताबीचको सेमिफाइनल २४ फेब्रुअरीमा हुनेछ । फाइनल २६ फे्रबुअरीमा हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]