2 years ago
February 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल पहिलो पटक लगातार चारै खेल जित्ने सोचमा हुनेछ । स्कटल्यान्ड अन्तिम खेलमा जितका साथ लिग-२ अन्त्य गर्न चाहन्छ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । ब्याटिङमा सानदार प्रदर्शन गरेको नेपालले स्कटल्यान्डविरुद्ध टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ ।
पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले हराएको थियो । तर नेपालले बलिङमा कमजोर प्रदर्शन गरेको थियो । नेपालले अन्तिम ५ ओभरमा ८४ रन खर्चेको थियो । अन्तिम १० ओभरमा कुल १ सय १५ रन खर्चेको थियो । तीव्र गतिका बलर करण केसीले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिएका थिए । सोमपाल कामीले ९ ओभरमा २ मेडनसहित ५३ रन खर्चिदा विकेट विहीन बनेका थिए । त्यस्तै गुलशन झाले २ ओभरमा २० रन खर्चेका थिए । समग्रमा २० ओभरमा तीव्र गतिका बलरले १ सय ४७ रन खर्चेका थिए ।
नेपालले स्कटल्यान्डविरुद्ध एक तीव्र गतिका बलरलाई बेन्चमा राख्ने सम्भावना छ । गुलशन झा बेन्चमा बस्ने सम्भावना देखिन्छ । सोमपाल र करणलाई निरन्तरता दिनेछ । नेपालको बेन्चमा भीम सार्की, सूर्य तामाङ र ललित नारायण राजवंशी छन् । ललित नामिबियाविरुद्ध पहिलो खेलमा ६ ओभरमा ४० रन खर्चेपछि दोस्रो खेलमा बेन्चमा बस्दै गुलशनले मौका पाएका थिए । दुबै खेलमा २–२ ओभर बलिङ गर्दै कुल ४१ रन खर्चेका गुलशन स्कटल्यान्डविरुद्ध बेन्चमा बस्ने सम्भावना छ।
नेपालले युवा स्पिनर सूर्य तामाङलाई डेब्यू दिनसक्ने सम्भावना रहन्छ । स्पिनर सन्दीप लामिछानेले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उनलाई अर्को एण्डबाट राम्रो साथ मिल्न सकेको छैन । त्यसैले नेपालले सूर्यलाई डेब्यू दिनसक्छ । सूर्यले नेपाल टि२० लिगमा सानदार प्रदर्शन गरेका थिए । गुलशनले दुई ओभर मात्रै बलिङ गरेका थिए । त्यसैले पुरै स्पेल गर्ने बलरको रुपमा सूर्यलाई मौका दिनसक्छ।
टोलीका अन्य परिवर्तन भने गर्ने देखिदैन । सबै ब्याटरले यस सिरिजमा राम्रो प्रदर्शन गरेका छन् । तीव्र गतिका बलर करण केसी र सोमपाल कामीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । यी दुबै बलरको प्रदर्शन यस सिरिजमा अपेक्षा भन्दा निकै खराब छ । ओपनरमा कुशल भुर्तेल र आसिफ शेख हुनेछन् ।
कुशलले पहिलो खेलमा १ सय १५ र आसिफले दोस्रो खेलमा नामिबियाविरुद्ध ८१ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । ज्ञानेन्द्र मल्लले नामिबियाविरुद्ध नै ६५ रन जोडेका थिए । आसिफसँग कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेका थिए । चौथो नम्बरमा कप्तान रोहित पौडेल खेल्नेछन् । रोहितले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।
पछिल्ला दुई खेलमा लगातार अर्धशतक प्रहार गरेका कुशल मल्ल पाँचौं नम्बरमा खेल्ने सम्भावना छ । कुशलको लय नेपालको लागि फाइदा हुनेछ । त्यसपछि दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा हुनेछन् ।
स्कटलयान्डलाई पहिलो खेलमा हराउन दीपेन्द्रले ८५ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । तीव्र गतिका बलर करण केसी र सोमपाल कामीबाट नेपाल तल्लोक्रममा राम्रो ब्याटिङ चाहन्छ । स्पिनर जोडीमा सन्दीप र सूर्यको सम्भावना छ ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र सूर्य तामाङ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]