default_image

2 years ago

February 20, 2023

नामिबिया पहिलो पटक चारै खेलमा पराजित, नेपाललाई फाइदा

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको छ । नेपाल भ्रमणमा नामिबिया सबै चारै खेलमा पराजित भएको छ । नामिबियाको चारै हारले भने नेपाललाई फाइदा पुगेको छ । नामिबियाको हारले नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना बढेको छ ।

जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । नामिबिया पहिलो पटक लिग २ मा चारै खेल हार्न पुगेको हो । नामिबिया स्कटल्यान्डसँग पहिलो खेलमा १० विकेटले पराजित भएको थियो । नेपालसँग भने दुई र तीन विकेटले हारेको थियो ।

नामिबियाका ओपनर लो हान्डरे लरेन्सले ६७ बलमा ६ चौकासहित सर्वाधिक ५२ रनको योगदान दिए । एक समय नामिबिया १२४-३ को अवस्थामा थियो । कप्तान जेरार्ड इरास्मस मार्क वाटको बलमा ४३ रनमा क्याच आउट भएपछि नामिबियाले लगातार विकेट गुमाएको थियो । गेरार्डले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

त्यसपछिका अन्य ब्याटरले क्रिजमा राम्रो प्रदर्शन गर्न सकेनन् । जेन ग्रीन २५ र रुबेन ट्रम्पलम्यान १० रनमा आउट भए । स्कटल्यान्डका स्पिनर मार्क वाटले ८.४ ओभरमा २ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए । माइकल लिस्कले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । ब्रेन्डन म्याकमुलेनले दुई र क्रिस ग्रेभ्सले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४८.४ ओभरमा २ सय २१ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका क्रिसटोपर म्याकब्राइड ७५ बलमा ७ चौकासहित सर्वाधिक ४७ रनको योगदान दिए ।

तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ओपनर काइल कोट्जरलाई तेस्रो बलमै शून्यमा क्याच गराएका थिए । उनी एज लागेर विकेटकिपर जेन ग्रिनबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए । डेब्यू खेल खेलेका लियाम नेलर २० रनमा बोल्ड आउट भए । दुई खेलाडी ज्याक जार्विस र क्रिस सोल चोेटका कारण खेल्न नसक्ने भएपछि उनले डेब्यू पाएका थिए ।

तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले लियामलाई बोल्ड आउट गरे । उनले २१ बलमा ४ चाका हाने । तेस्रो विकेटका लागि रिची र क्रिसटोफरले ४३ रनको साझेदारी गरेका थिए । म्याकब्राइड स्पिनर पिक्की या फ्रान्सको बलमा क्याच आउट भएका थिए ।
ट्रम्पलम्यानले नै विकेटकिपर म्याथ्यु क्रसलाई १६ रनमा बोल्ड गरे ।

३३ औं ओभरको पहिलो बलमा स्पिनर बेनार्ड स्कोट्जले कप्तान रिची बेंरिग्टनलाई ३२ रनमा एलबीडब्लू आउट धरापमा पारे । ५५ बल खेलेका रिचीले एक छक्का र एक चौका हाने । मध्यक्रमका ब्याटर टम म्याकिन्टस ४८ बलमा ४ चौकासहित ३४ रनमा आउट भए । ब्रेन्डन म्याकमुलेन ४ रनमा लुंगामेनीको बलमा कट एण्ड बोल्ड आउट भए ।

नेपालविरुद्ध सानदार शतक हानेका माइकल लिस्कलाई ट्रम्पलम्यानले ४५ औं ओभरको चौथो बलमा २९ रनमा बोल्ड गरेपछि स्कटल्यान्डको ठूलो योगफलको सम्भावना टाढिएको थियो । लिस्कले २६ बलमा १ चौका र २ छक्का हाने ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए । ओडिआईमा दोस्रो पटक पाँच विकेट लिएका ट्रम्पलम्यानको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । अर्का तीव्र गतिका बलर टांगेनी लुगांमेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए ।

नामिबिया बाँकी दुबै खेलमा विजयी हुँदा ४१ अंकमा पुग्नेछ । नेपालमा चार हारले शीर्ष तीन सम्भावना निकै कठिन बनेको छ । नेपाल बाँकी सबै ९ खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मौत्र पुग्न सक्छ । त्यसैले नामिबियाको हारले नेपाललाई फाइदा पुग्ने भएको छ ।

अंक तालिका

स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम दुई खेल नामिबियाले युएईसँग खेल्नेछ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.