2 years ago
February 20, 2023
काठमाडौैं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ उपाधि विजेता स्कटल्यान्डले च्याम्पियन ट्रफी मंगलबार नेपालमै पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले च्याम्पियन स्कटल्यान्डलाई मंगलबार नेपालमै ट्रफी दिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार आइसिसीका एक प्रतिनिधि उक्त ट्रफीका साथ नेपाल आउनेछन् । उक्त ट्रफी नेपालसँगको खेलपछि स्कटल्यान्डलाई प्रदान गर्नेछन् । २०१९ देखिसुरु भएको आइसिसी विश्वकप लिग–२ मा कुल ७ देशले प्रतिस्पर्धा गरेका थिए । स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै उपाधि जितेको थियो ।
हरेक टोलीले कुल ३६ खेल खेल्ने गर्दछन् । हरेक टोलीले त्रिकोणात्मक ओडिआई सिरिज गरि एक टोलीसँग कुल ६ खेल खेल्ने गर्दछन् । स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ । लिग–२ मा स्कटल्यान्डको अन्तिम खेल पनि नेपालविरुद्ध नै मंगलबार हुनेछ ।
पुरै ३६ खेल सक्ने स्कटल्यान्ड ओमान र अमेरिकापछि तेस्रो टोली बन्नेछ । ओमान सबैभन्दा पहिला लिग–२ मा आफ्नो सबै ३६ खेल सक्ने टोली हो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमान आगमी जुन जुलाईमा जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि सोझै पुगेका छन् ।
सोझै विश्वकप छनोट खेल्न अव नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ । यी तीन देश मध्य एकले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । प्लेअफ क्वालिफायरमा लिग–२ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् ।
जसबाट शीर्ष दुई टोली एकदिवसीय छनोट खेल्न पाउनेछन् । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष तीनमा पर्न नामिबियाले सबै खेल जित्नुपर्ने हुन्छ । युएईको नतिजामा पनि निर्भर रहनुपर्ने हुन्छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ।
अमेरिका शीर्ष तीनमा नपर्ने पक्का भई सकेको छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित पाँचौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]