default_image

2 years ago

February 20, 2023

स्कटल्यान्डका अर्का खेलाडीले नेपालविरुद्धको खेल गुमाउने

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डका युवा अलराउन्डर ज्याक जार्विसले नेपालविरुद्धको खेल गुमाउने भएका छन् । १९ वर्षीय युवा अलराउन्डर ज्याक जार्विसले नेपालविरुद्धको खेलमा डेब्यू गरेका थिए ।

तर उनी नेपालसँगको खेलमानै घाइते भएका थिए । जार्विसको खुट्टाको एंकलमा चोटपछि नेपालसँगको खेल गुमाउने बुझिएको छ । स्कटल्यान्डले उनलाई नामिबियाविरुद्ध खेलमा पनि बेन्चमा राखेको छ । चोटका कारण नेपालसँगको खेल गुमाउने स्कटल्यान्डका उनी दोस्रो खेलाडी हुन् । तीव्र गतिका बलर क्रिस सोल यस अघिनै बाहिरी सकेका छन्।

जार्विसले नेपालविरुद्ध २६ रन बनाएका थिए । एक समय १११–६ को दयनीय अवस्थामा पुगेको स्कटल्यान्डलाई २ सय ७४ रनमा पुर्याउन जार्विसले माइकल लिस्कसँग सातौ विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । उनले बलिङमा ४ ओभरमा ३२ रन खर्चेका थिए ।

नेपालसँगको खेलसँगै स्कटल्यान्डको आइसिसी विश्वकप लिग–२ यात्रा सकिनेछ । स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारसहित ४८ अंकका साथ च्याम्पियन हुँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाएको छ।

स्कटल्यान्डलाई नेपालसँगको खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंक जोड्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको छ । नेपाल भने २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंक जोड्दै छैटौं स्थानमा छ। नेपाल शीर्ष तीनमा पर्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी ६ खेल जित्नुपर्ने हुन्छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.