default_image

2 years ago

February 19, 2023

अष्ट्रेलियालाई हराउँदै भारत फाइनल नजिक

162 views

0 Bookmark

एजेन्सी – स्पिनर रविन्द्र जडेजाको घातक बलिङसँगै भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल नजिक पुगेको छ। चार टेस्ट खेलको सिरिजमा भारतले २-० को अग्रता लिएकोछ ।

जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २६.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा चेतेश्वर पुजारा ७४ बलमा ४ चौकासहित सर्वाधिक ३१ रनमा अविजित रहे । कप्तान रोहित शर्मा २० बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।

ओपनर लोकेश राहुल १, विराट कोहली २० र श्रेयस ऐर १२ रनमा आउट भए । केएस भरत २३ बलमा ३ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । अष्ट्रेलियाका नाथन लायनले दुई र टोड मर्फीले एक विकेट लिए ।

त्यसअघि तेस्रो दिन पहिलो सेसनमा अष्ट्रेलिया ३१.१ ओभरमा १ सय १३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ट्रविस हेडले ४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । मार्नस लाबुसेनले ५० बलमा ५ चौकासहित ३५ रन बनाए । तेस्रो दिन ६५–१ को अवस्थाबाट सुरु गरेको अष्ट्रेलियाले हेडलाई पहिलो ओभरमै गुमाएको थियो । स्टिभ स्मिथ ९ रनमा आश्विनको बलमा एलबीडब्लू आउट भएका थिए ।

मार्नस लाबुसेन आउट हुनुअघि अष्ट्रेलिया ९५–३ को बलियो अवस्थामा थियो । तर लगातार खराब सट खल्दै ९५–७ को दयनीय अवस्थामा पुगेको थियो । अष्ट्रेलियाका सबै ब्याटर रिभरस्वीप र स्विप सट खेल्ने धुनमा आउट भएका थिए ।

विश्वको नम्बर वान टेस्ट टोली अष्ट्रेलियाले लज्जास्पद ब्याटिङ गर्नेक्रममा ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका रविन्द्र जडेजाले १२.१ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ७ विकेट लिएका थिए । जुन जडेजाको यो टेस्ट करिअरको उत्कृष्ट प्रदर्शन थियो । यसअघि जडेजाको उच्च प्रदर्शन २०१६ मा चेन्नईमा इंग्ल्यान्डविरुद्ध ७–४८ रन थियो । रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

त्यसअघि घरेलु टोली भारत पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो । भारत मात्रै एक रनले पहिलो इनिङमा पछि परेको थियो । भारतका अक्षर पटेलले १ सय १५ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए । एक समय भारत १३९–७ को दयनीय अवस्थामा पुगेको थियो ।

आठौं विकेटका लागि रविचन्द्रन आश्विन र अक्षर पटेलले १ सय १४ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई विशाल अग्रताले पछि पर्नबाट जोगाएका थिए । आश्विनले ७१ बलमा ५ चौकासहित ३७ रनमा आउट भए ।

आफ्नो टेस्ट करिअरको एक सय टेस्ट खेल खेलेका चेतेश्वर पुजारा भने नाथन लायनको बलमा शून्यमा आउट भए। कप्तान रोहित शर्मा लायनको बलमा ३२ रनमा बोल्ड आउट भएका थिए । लोकेश राहुल १७ र श्रेयस ऐर ४ रनमा आउट भए । विराट कोहली ८४ बलमा ४ चौकासहित ४४ रनमा एलबीडब्लू आउट भए ।

डेब्यू खेल खेलेका स्पिनर म्याथ्यु कुहनेमानले कोहलीलाई एलबीडब्लू आउट गरेका थिए । रविन्द्र जडेजा २६ र केएस भरत ६ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक पाँच विकेट लिए । टोड मर्फी र म्याथ्यु कुहनेमानले दुई दुई विकेट लिए।

त्यसअघि दिल्लीको फिरोेज शाह कोटला स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोेजेको अष्ट्रेलिया पहिलो इनिङमा २ सय ६३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय २५ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाएका थिए । तल्लोक्रमका ब्याटर पिटर ह्यान्ड्सकम्ब १ सय ४२ बलमा ९ चौकासहित ७२ रनमा अविजित रहेका थिए ।

ओपनर डेविड वार्नर १५, मार्नस लाबुसेन १८, स्टिभ स्मिथ डक, ट्रविस हेड १२ र एलेक्स केरी डक आउट भएका थिए । कप्तान प्याट कमिन्सले ५९ बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडेका थिए ।

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले तीन तीन विकेट लिए । भारत र अष्ट्रेलियाबीचको तेस्रो खेल मार्च १ देखि सुरु हुनेछ । भारत अव दुई मध्य एक खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ ।

अष्ट्रेलिया १७ खेलमा १० मा जित र ४ मा हारसहित ६६.६७ जित प्रतिशतका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया एक खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ । यदि अष्ट्रेलिया चारै खेलमा पराजित भएमा भने उता न्युजिल्यान्डले श्रीलंकालाई २(० ले हराउनु पर्ने हुन्छ ।

भारत १६ खेलमा १० मा जित र ४ मा हारसहित ६४.०६ जित प्रतिशतका दोस्रो स्थानमा छ । भारतको जितले भने दक्षिण अफ्रिका फाइनल पुग्ने दौडबाट बाहिरिएको छ । दक्षिण अफ्रिका १३ खेलमा ६ मा जित र ६ मा हारसहित ४८.७२ विजयी प्रतिशतका साथ चौथो स्थानमा छ । श्रीलंका १० खेलमा ५ मा जित र ४ मा हारसहित ५३.३३ विजयी प्रतिशतका साथ तेस्रो स्थानमा छ ।

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

Success

Thank you for your time.