2 years ago
February 19, 2023
एजेन्सी – स्पिनर रविन्द्र जडेजाले घातक बलिङगर्दै ७ विकेट लिएपछि अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा घरेलु टोली भारतलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ । तेस्रो दिन पहिलो सेसनमा अष्ट्रेलिया ३१.१ ओभरमा १ सय १३ रनमा अल आउट भयो ।
अष्ट्रेलियाका ट्रविस हेडले ४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । मार्नस लाबुसेनले ५० बलमा ५ चौकासहित ३५ रन बनाए । तेस्रो दिन ६५–१ को अवस्थाबाट सुरु गरेको अष्ट्रेलियाले हेडलाई पहिलो ओभरमै गुमाएको थियो ।
स्टिभ स्मिथ ९ रनमा आश्विनको बलमा एलबीडब्लू आउट भए ।
मार्नस लाबुसेन आउट हुनुअघि अष्ट्रेलिया ९५–३ को बलियो अवस्थामा थियो । तर लगातार खराब सट खल्दै ९५–७ को दयनीय अवस्थामा पुगेको थियो । अष्ट्रेलियाका सबै ब्याटर रिभरस्वीप र स्विप सट खेल्ने धुनमा आउट भएका थिए ।
विश्वको नम्बर वान टेस्ट टोली अष्ट्रेलियाले लज्जास्पद ब्याटिङ गर्नेक्रममा ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका रविन्द्र जडेजाले १२.१ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ७ विकेट लिए । जडेजाको यो टेस्ट करिअरको उत्कृष्ट प्रदर्शन हो । यसअघि जडेजाको उच्च प्रदर्शन २०१६ मा चेन्नईमा इंग्ल्यान्डविरुद्ध ७–४८ रन थियो । रविचन्द्रन आश्विनले तीन विकेट लिए ।
त्यसअघि घरेलु टोली भारत पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो । भारत मात्रै एक रनले पहिलो इनिङमा पछि परेको थियो । भारतका अक्षर पटेलले १ सय १५ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए । एक समय भारत १३९–७ को दयनीय अवस्थामा पुगेको थियो ।
आठौं विकेटका लागि रविचन्द्रन आश्विन र अक्षर पटेलले १ सय १४ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई विशाल अग्रताले पछि पर्नबाट जोगाएका थिए । आश्विनले ७१ बलमा ५ चौकासहित ३७ रनमा आउट भए । आफ्नो टेस्ट करिअरको एक सय टेस्ट खेल खेलेका चेतेश्वर पुजारा भने नाथन लायनको बलमा शून्यमा आउट भए।
कप्तान रोहित शर्मा लायनको बलमा ३२ रनमा बोल्ड आउट भएका थिए । लोकेश राहुल १७ र श्रेयस ऐर ४ रनमा आउट भए । विराट कोहली ८४ बलमा ४ चौकासहित ४४ रनमा एलबीडब्लू आउट भए ।
डेब्यू खेल खेलेका स्पिनर म्याथ्यु कुहनेमानले कोहलीलाई एलबीडब्लू आउट गरेका थिए । रविन्द्र जडेजा २६ र केएस भरत ६ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक पाँच विकेट लिए । टोड मर्फी र म्याथ्यु कुहनेमानले दुई दुई विकेट लिए।
त्यसअघि दिल्लीको फिरोेज शाह कोटला स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोेजेको अष्ट्रेलिया पहिलो इनिङमा २ सय ६३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय २५ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाएका थिए । तल्लोक्रमका ब्याटर पिटर ह्यान्ड्सकम्ब १ सय ४२ बलमा ९ चौकासहित ७२ रनमा अविजित रहेका थिए ।
ओपनर डेविड वार्नर १५, मार्नस लाबुसेन १८, स्टिभ स्मिथ डक, ट्रविस हेड १२ र एलेक्स केरी डक आउट भएका थिए । कप्तान प्याट कमिन्सले ५९ बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडे ।
भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले तीन तीन विकेट लिए । चार टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न तीन मध्य दुई खेल जित्नुपर्ने हुन्छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]