2 years ago
February 19, 2023
एजेन्सी – इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि २ सय ६७ रनको सानदार जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ।
जितको लागि ३ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड दोस्रो इनिङमा १ सय २६ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए ।
माइकल ब्रेसवेल २५ र टम लाथमले १५ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जिमी एन्डरसनले ४–४ विकेट लिए । ओली रोविन्सन र ज्याक लेचले एक एक विकेट लिए ।
त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङमा ३ सय ७४ रनमा अल आउट भएको थियो ।
इंग्ल्यान्डका जो रुटले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाए । ह्यारी ब्रुक ५४, बेन फोक्स ३१, ओली रोविन्सन ३९, ओली पोप ४९, ज्याक क्रली २८ र बेन डकेट २५ रनमा आउट भए । न्युजिल्यान्डका ब्लेयर टिकनर र माइकल ब्रेसवेलले सर्वाधिक तीन तीन विकेट लिए ।
पहिलो इनिङमा न्युजिल्यान्ड ३ सय ६ रनमा अल आउट भएको थियो । न्युुजिल्यान्डका टम ब्लन्डेलले १ सय ८१ बलमा १९ चौका र १ छक्कासहित १ सय ३८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
डेभन कन्वेले ७७ रनको इनिङ खेलेका थिए । न्युजिल्यान्डका प्रमुख ब्याटर केन विलियम्सन पहिलो इनिङमा ६ र दोस्रो इनिङमा शून्यमा आउट भएपछि समस्यामा परेको थियो । इंग्ल्यान्डका ओली रोविन्सनले चार र जेम्श एन्डरसनले तीन विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिन मात्रै ५८.२ ओभरमा ३२५(९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। इंग्ल्यान्डका ह्यारी ब्रुकले ८१ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक ८९ रन बनाएका थिए ।
ओपनर बेन डकेट ६८ बलमा १४ चौकासहित ८४ रनमा आउट भएका थिए । बेन फोक्स ५६ बलमा ५ चौकासहित ३८ रनमा आउट भएका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर निल वाग्ररले सर्वाधिक चार विकेट लिए । कप्तान टिम साउथी र स्कट कुग्गेलिजनले दुई दुई विकेट लिए। दोस्रो टेस्ट खेल शुक्रबार हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]