2 years ago
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा १ विकेट गुमाउँदै १ सय १८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ६५ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित छन् । आसिफ शेख ७० बलमा ६ चौका र १ छक्कासहित ५३ रनमा अविजित छन् ।
ज्ञानेन्द्रले ६४ बलमा आफ्नो ओडिआई करिअरको सातौं अर्धशतक पूरा गरेका थिए । उनले स्पिनर जेरार्ड इरास्मसलाई चौका हान्द अर्धशतक पूरा गरेका थिए ।
आसिफ शेखले २० औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै ६२ बलमा आफ्नो ओडिआई करिअरको छैटौं अर्धशतक प्रहार गरेका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले एक सय १ सय १० रनको शतकीय साझेदारी गरेका छन् ।
तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई एक रनमा क्याच आउट गराएका थिए । स्क्वायर लेगमा कुशल पिक्की या फ्रान्सबाट क्याच आउट भएका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो ।
नामिबियाका जेन ग्रीन ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनमा अविजित रहे । ग्रीनको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो । पिक्की या फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा दुर्भाग्यपूर्ण रन आउट भए । एक समय १३८–५ को अवस्थमा पुगेको नामिबियालाई छैटौं विकेटका लागि ग्रीन र फ्रान्सले ९४ रनको सानदार साझेदारी गरेका थिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]