2 years ago
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ रन बनाएको छ ।
स्कटल्यान्डका ओपनर कप्तान रिची बेरिंग्टन र क्रिसटोफेर म्याकबड्रीले पहिलो विकेटका लागि ७.४ ओभरमा ३४ रनको साझेदारी गरेका थिए । टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । म्याकबड्री २२ रनमा आसिफ शेखबाट क्याच आउट भए । उनले २९ बलमा ३ चौका प्रहार गरे । त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । सन्दीपले प्रमुख ब्याटर म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरे । टम म्याककिन्टसलाई सन्दीपले १९ रनमा एलबीडब्लू आउट गरे । डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरे ।
कुशल भुर्तेलले २४ औं ओभरको दोस्रो बलमा क्रिस ग्रेभ्सलाई १६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका थिए । पाँचौं विकेटका लागि क्रिस ग्रेभ्स र ब्रेन्डन म्याकमुलेनले ४६ रनको साझेदारी गरेका थिए । लगत्तै अर्को ओभरमा सन्दीपले म्याकमुलेनलाई कुशल मल्लबाट क्याच आउट गराएपछि २४.२ ओभरमा स्कटल्यान्ड १११–६ को अवस्थामा पुगेको छ ।
स्कटल्यान्डका माइकल लिस्क २ र ज्याक जार्विस १ रनमा क्रिजमा छन् । नेपालका सन्दीप लामिछानेले ७ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका छन् । कुशल मल्लले ६ ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]