2 years ago
February 16, 2023
एजेन्सी – भारत र अष्ट्रेलयाबीचको दोस्रो टेस्ट खेल शुक्रबार देखि शुरु हुँदैछ । नेपाली समय अनुसार खेल बिहान ९ :४५ मा दिल्लीमा रहेको अरुण जेट्ली स्टेडियममा सुरुहुनेछ ।
भारत चार टेस्ट खेलको सिरिजमा १–० ले अघि छ । नागपुरमा पहिलो टेस्ट खेलमा भारत १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो । भारत सिरिजमा २–० को अग्रता लिन चाहन्छ । अष्ट्रेलिया १–१ को बराबरी गराउने सोचमा हुनेछ । तर टेस्ट वरियताको विश्वको नम्बर वान टोली अष्ट्रेलियालाई भारतीय स्पिनरकै डर छ ।
दिल्लीको पिच पनि स्पिनर सहयोगी मानिन्छ । भारतले तीन स्पिनर रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र अक्षर पटेललाई निरन्तरता दिने देखिन्छ । पहिलो खेलमा जडेजाले पहिलो इनिङमा पाँच र दोस्रो इनिङमा दुई विकेट लिएका थिए । आश्विनले पहिलो इनिङमा तीन र दोस्रो इनिङमा पाँच विकेट लिएका थिए । भारतीय अनुभवी यी दुई स्पिनरको सामना गर्न सहज हुनेछैन ।
भारतीय कप्तान रोहित शर्माले पहिलो इनिङमा १ सय २० रनको शतकीय इनिङ खेल्दा रविन्द्र जडेजाले ७० र अक्षर पटेलले ८४ रन जोडेका थिए । डेब्यू खेल खेलेका स्पिनर टोड मर्फीले एकै सात विकेट लिएका थिए । भारतले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । सूर्यकुमार यादवको स्थानमा श्रेयस ऐरले खेल्ने सम्भावना देखिन्छ । पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका ऐर चोटका कारण पहिलो टेस्ट खेलमा थिएनन् ।
भारतका चेतेश्वर पुजाराको यो १ सय औं टेस्ट खेल हुनेछ । पुजारा आफ्नो १ सय औं खेल यादगार बनाउन चाहन्छन् । रोहित, पुजारा र विराट कोहली भारतका प्रमुख ब्याटर हुन् । भारतको ब्याटिङमा गहिराई छ । श्रेयस ऐर, के एस भरत, आश्विन, जडेजा र अक्षरले गर्दा गहिराई छ । तीव्र गतिका बलरमा मोहम्मद शामी र मोहम्मद शिराज हुनेछन् ।
यता अष्ट्रेलियासँग स्टिभ स्मिथ, मार्नस लाबुसेन र डेविड वार्नर जस्ता विश्वस्तरिय टेस्ट ब्याटर छन् । लाबुसेन र स्मिथबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । उस्मान खवाजा भारतीय बलरलाई घातक बन्नसक्छन् । म्याट रेनेशको स्थानमा ट्रविस हेड खेल्ने सम्भावना छ । क्यामरन ग्रिन र मिचेल स्टार्क फिट भएमा यी दुई खेलाडी खेल्नेछन् ।
ग्रीन खेल्दा ब्याटिङक्रममा गहिराई हुनेछ । दोस्रो इनिङमा मात्रै ९१ रनमा अल आउट भएको अष्ट्रेलियालाई भारतीय स्पिनरको डर हुनेछ । भारतीय स्पिनर सहयोगी पिचमा खेल्न अष्ट्रेलिया ब्याटरलाई कठिन हुने देखिन्छ ।
भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेल्न बाँकी तीन मध्य दुई खेल जित्नुपर्ने हुन्छ । अष्ट्रेलिया एक खेलमा विजयी भएमा औपचारिक रुपमा फाइनल खेल्नेछ ।
March 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेण्डरमा उल्लेख भए अनुसार नेपालकाे पुरूष टाेलीले आइसिसी विश्वकप लिग २, टि ट्वान्टी आई सिरिज र ओडिआई सिरिजहरु खेल्नेछन् । क्यालेन्डरमा महिला तथा विभिन्न उमेर समूहका खेलहरू समावेश गरिएकाे छ । नेपाली सिनियर पुरुष टोलीले आगामी […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा हुने वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजको आफ्नो पहिलो खेल शनिवार नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच हुन लागेको यो पहिलो खेल हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । नेपाली महिला टोली पहिलो पटक एसिया महादेश […]
March 8, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत नेदरल्याण्ड्सले घरेलु टोली नामिबियालाई हराएको छ । नेदरल्याण्ड्सले शुक्रवार नामिबियालाई ५३ रनले पराजित गरेको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको नामिबिया ३० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ३१ रन जोडे । उनले ३९ बलको सामना […]