default_image

2 years ago

February 15, 2023

नेपालमा डेब्यू गर्दै स्कटल्यान्ड

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । स्कटल्यान्डको यो नेपालमा पहिलो खेल हुनेछ । स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो ।

स्कटल्यान्ड नामिबियालाई हराउँदै औपचारिक रुपमा आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बन्न चाहन्छ । उता पहिलो खेलमा दुई विकेटले पराजित भएको नामिबिया स्कटल्यान्डलाई स्तब्ध पार्ने सोचमा हुनेछ । नामिबियालाई नेपाली मैदानको बारे थाहा छ । त्यसको फाइदा उठाउन सक्छ । यता नेपाल भने नामिबियाको हार चाहन्छ । नामिबियाको हारले नेपाललाई प्रत्यक्ष रुपमा फाइदा पुग्नेछ ।

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ । आज विजयी हुँदा बाँकी सबै खेलमा पराजित भएपनि अन्य कुनैपनि टोली ४८ अंकमा पुग्न सक्दैनन् । त्यसैले आधिकारीक रुपमा च्याम्पियन बन्नेछ । नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल २५ खेलमा ९ मा जित र १४ खेलमा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । नेपालले सबै खेल जित्दा अझैपनि शीर्ष तीनको सम्भावना रहन्छ । त्यसको लागि नामिबियाले हार्दा झनै सहज हुनेछ ।

नामिबियाका शीर्षक्रमका ब्याटर माइकल भान लिंगेन राम्रो लयमा छन् । उनले लगातार दुई शतक हान्नेक्रममा नेपालविरुद्ध मंगलबार १ सय ३३ रनको शतकीय इनिङ खेलेका थिए । त्यसअघि डिसेम्बरमा १ सय २१ रन जोडेका थिए । एसोसियट क्रिकेटर अफ दी इयर बनेका कप्तान जेरार्ड इरास्मस प्रमुख ब्याटर हुन् । उनी नेपालसँग ५६ रनमा आउट भएका थिए । रुबेन ट्रम्पलम्यान प्रमुख बलर हुन् ।

यता स्कटल्यान्डको ब्याटिङ लाइनअप उत्कृष्ट छ । कप्तान रिची बेंरिङ्टन, काइल कोट्जर, म्याथ्यु क्रस र जर्ज मुन्शे जस्ता चर्चित ब्याटर छन् । शीर्ष र मध्यक्रम नचल्दा पनि तल्लोक्रम ब्याटिङ राम्रो छ ।

ब्रेन्डन म्याकुलेन र माइकल लिस्क राम्रो अलराउन्डर हुन् । तीव्र गतिका बलर शफ्यान शरिफ र क्रिस सोले छन् । स्पिनर हाम्जा ताहिर र मार्क वाट् बलरको रुपमा छन् । यी दुई स्पिनर खेल्न सहज भने हुनेछैन ।

स्कटल्यान्डको टोली :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

नामिबियाको टोली :

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

March 11, 2025

पिएम‌ कपमा गण्डकीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश पहिलो जित दर्ज गर्न सफल भएको छ। आज गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो। कम योगफलको प्रतिस्पर्धामा गण्डकीले जितको लागि मात्र ९२ रनको सहज लक्ष्य पायो। जहाँ उसले २९.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो। सहज लक्ष्य पाएपनि गण्डकीले सुरुवात कमजोर गर्यो। २१ […]

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

Success

Thank you for your time.