default_image

2 years ago

February 14, 2023

रोहित र कुशलको कीर्तिमानी साझेदारी

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडल र ओपनर कुशल भुर्तेलले नेपाली ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक ठूलो साझेदारी गरेका छन् । शतकीय साझेदारी गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध रोहित र कुशलले कीर्तिमानी शतकीय साझेदारी गरेका छन् ।

जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३३ ओभरमा २ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको छ । रोहित पौडेल ७५ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा अविजित छन् । कुशल भुर्तेल ८३ बलमा ९ चौका र ३ छक्कासहित ८१ रनमा अविजित छन् ।

तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको अविजित शतकीय साझेदारी गरेका छन् । जुन ओडिआईमा नेपाली ब्याटरले गरेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको साझेदारी साझेदारी गरेका थिए ।

कप्तान रोहितले दुई जीवनदान पाएका छन् । रोहितले २० औं ओभरको अन्तिम बलमा ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए । रोहितले ३९ रनमा पुनः जीवनदान पाएका थिए । डिप मिडविकेटमा रोहितको सहज क्याच लो ह्यान्डी लरेन्सले छाडेका थिए । कुशल भुर्तेलले ब्यक्तिगत ५८ रनमा जीवनदान पाएका थिए । कुशलको क्याच जेन निकोल लोफ्टीले क्याच छाडेका थिए ।

नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल २५ रनमा जान निकोल लोेफ्टी इओटनले एलबीडब्लू आउट गरेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको हो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए । करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.