default_image

2 years ago

February 14, 2023

भ्यालेन्टाइन डेमा करणको कीर्तिमान

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर तथा भ्यालेन्टाइन ब्वाई करण केसीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका छन्।

करण ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने नेपाली पहिलो खेलाडी बनेका छन् । करण केसीले इनिङको अन्तिम बलमा बेनार्ड शोल्टजलाई काउकर्नरमा रोहित पौडेलबाट क्याच गराउँदै कीर्तिमान कायम गरेका हुन् । करणले यसअघि गत जुनमा ओमानविरुद्ध दुबै खेलमा पाँच पाँच विकेट लिएका थिए ।

नेपालबाट करणपछि सन्दीप लामिछानेले ओडिआईमा पाँचमाथि दुई पटक लिएका छन् । सन्दीपले २०२० फेब्रुअरीमा कीर्तिपुर मैदानमै अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए । सन्दीपले २०२१ सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिएका थिए ।

सोमपाल कामी नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । करणले २०१९ मा युएईविरुद्ध ५ विकेट लिएका थिए ।

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे मानिन्छ । करणले २०१८ फेब्रुअरीमा १४ मा क्यानडाविरुद्ध करणले अविश्वसनीय जादुमय इनिङ खेल्दै ओडिआई मान्यता नजिक पुर्याएका थिए । त्यसैले करणलाई नेपाली भ्यालेन्टाइन ब्वाई भन्ने गरिन्छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भयो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपछि नेपालले विशाल लक्ष्य पाएको छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.