2 years ago
February 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत मंगलबार टियु क्रिकेट मैदानमा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले यस सिरिजमा स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ । नामिबिया २०१६ पछि पहिलो पटक नेपाल आएको हो भने स्कटल्यान्डले नेपाली भूमिमा पहिलो पटक खेल्दैछ।
कुनैपनि टोलीले खेलमा आफ्नो उत्कृष्ट प्लेइङ–११ मैदान उतार्न खोज्छन् । हरेक टोलीको प्लेइङ–११ विपक्षी टोली, पिच र मैदानको अवस्था हेरेर निर्धारण गर्दछन् । नेपालका खेलाडी लगातार यसै मैदानमा प्रशिक्षण गर्दै आएका छन् । यी विपक्षी टोलीसँग नेपालले लिग–२ मा समान ४-४ खेल खेलिसकेको छ ।
कप्तान रोहित पौडेल, प्रशिक्षक मोन्टी देशाई र टिम म्यानेजमेन्टले नामिबियाविरुद्ध उत्कृष्ट प्लेइङ–११ उतार्दै सानदार जित हात पार्न खोज्नेछन् । नेपालको टोली हेर्दा सम्भावित उत्कृष्ट–११ र त्यसको कारण यस प्रकार छ ।
ओपनर र शीर्षक्रम ब्याटर
नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्ने पक्का जस्तै छ । कुशललाई टोलीले आक्रामक र आसिफलाई संयमित भूमिकाका साथ मैदान उतार्ने सम्भावना छ । कुशलको भूमिका पावर प्लेमा आक्रामक ब्याटिङ गर्दै धेरै रन बटुल्ने हुनेछ । उनी विगतमा त्यो भूमिकामा राम्रो प्रदर्शन गर्दै आएका थिए ।
आसिफले एक तर्फबाट विकेट बचाउँदै इनिङ अघि बढाउने र अर्को ब्याटरलाई खेल्न सहज वातावरण गरिदिन सक्छन् । सुरुवात निकै महत्त्वपूर्ण हुँदा नेपाल कम्तिमा पावरप्लेमा विकेट नगुमाइ रन जोड्ने लक्ष्यमा हुनेछ ।
आसिफ र कुशलले २०२२ जुनमा ओमानविरुद्ध पहिलो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । ओडिआईमा कुनैपनि ब्याटरले नेपालबाट गरेको उच्च साझेदारी हो । दुई खेलाडीले पछिल्लो दुई वर्षदेखि सँगै ओपनिङ गर्दै आएको हुँदा खेल्न सहज पनि हुनेछ ।
अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । ज्ञानेन्द्र हाल टोलीमा रहेका सर्वाधिक अनुभवी ब्याटर हुन् । ज्ञानेन्द्रको भूमिका टोलीमा ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । सुरुवात अनुसार ब्याटिङ गर्नुपर्ने हुन्छ । ज्ञानेन्द्रबाट नेपालले उत्कृष्ट प्रदर्शन चाहन्छ ।
मध्यक्रम ब्याटिङ
ब्याटिङको चौथो नम्बरमा कप्तान रोहित पौडेल खेल्ने सम्भावना छ । रोहित भरपर्दा ब्याटर हुन् । रोहितले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । नेपाल उनीबाट पाएको सुरुवातलाई ठूलो इनिङ चाहन्छ । अन्य ब्याटरलाई भन्दा बढी दबाब रोहितलाई हुनेछ । रोहितले गतवर्ष पवुवा न्युगिनीविरुद्ध नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।
नामिबियाको मध्यक्रममा बलरका बायाँ हाते स्पिनर बेरार्ड शोल्ट्ज छन् । उनले मध्यक्रममा नेपालको इनिङ धरासयी बनाउँदै आएका छन् । त्यसैले नेपालले रणनीतिक रुपमा कुशल मल्ललाई खेलाउने सम्भावना छ । उनले नेपालविरुद्ध ४ खेलमा ९ विकेट लिएका छन् । उनले गत जुलाईमा नेपालविरुद्ध पाँच विकेट लिएका थिए ।
बायाँ हाते बलरलाई बायाँ हाते ब्याटरले नै सजिलै खेल्न सक्छन् । कुशल राम्रो स्पिन खेल्ने हुँदा नेपालले मध्यक्रममा खेलाउने देखिन्छ । कुशल नेपाल टि२० लिगमा लयमा पनि देखिएका थिए । नामिबियासँग बायाँ हाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान हुँदा रणनीतिक रुपमा कुशलको आवश्यक देखिन्छ ।
दीपेन्द्रसिंह ऐरी मध्यक्रमका प्रमुख ब्याटर हुन् । तर लिग २ मा दीपेन्द्रको औसत ११.२२ मात्रै छ । त्यसैले दीपेन्द्रले मध्यक्रमबाट टोलीलाई राम्रो अवस्थामा फिनिस गर्ने हुनेछ । दीपेन्द्र पार्टटाइम स्पिनरको रुपमा पनि प्रयोग हुनेछन् ।
बलर तथा अलराउन्डर
नेपालले तीव्र गतिका बलरमा गुलशन झा, सोमपाल कामी र करण केसीलाई मैदान उतार्न सक्ने सम्भावना छ । सोमपाल र करणको स्थान पक्का देखिन्छ । गुलशनले पछिल्लो समय राम्रो प्रदर्शन गरेको हुँदा नेपालले निरन्तरता दिनसक्छ । गुलशनले ब्याटिङ बायाँ हातले गर्ने हुँदा तीनलाई मैदान उतार्ने सम्भावना छ ।
करण, गुलशन र सोमपाल तीनै खेलाडी राम्रो ब्याटिङका लागि चिनिन्छन् । यी तीन खेलाडी खेलाउँदा नेपालको ब्याटिङक्रम नवौं नम्बरसम्म हुनेछ । नेपालको ब्याटिङमा गहिराई हुनेछ । मध्यक्रम नचल्दा तल्लोक्रमका खेलाडीले सम्हाल्न सक्छन् ।
स्पिनर
नेपालले स्पिनर सन्दीप लामिछानेलाई पहिलो रोजाईमा खेलाउनेछ । बलात्कार आरोप लागेको सन्दीप भदौ पछि सिनियर टोलीमा पूनरागमन गर्दै छन् । उत्कृष्ट प्रदर्शनको लागि उनीमाथि दबाब हुनेछ । सन्दीपलाई समावेश गर्ने निर्णयको समर्थकमाझ मिश्रित प्रतिक्रिया आएको छ ।
दोस्रो स्पिनरमा सूर्य तामाङ र ललितनारायण राजवंशी मध्य एकलाई खेलाउने छ । ललित अनुभवी खेलाडी हुँदा उनलाई मौका दिनसक्छ । ललितको सम्भावना बढी देखिन्छ । पार्ट टाइम स्पिनमा दीपेन्द्र र कुशल हुनेछन् । यस प्लेइङ–११ मा नेपालसँग सात बलिङ विकल्प हुनेछ । प्रमुख बलरले खराब गर्दा नेपालसँग राम्रो विकल्प हुनेछ ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]