2 years ago
February 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा २०१७ यता ब्याटिङमा निरन्तर मौका पाउने दीपेन्द्रसिंह ऐरी एक्लो ब्याटर हुन् । २०१७ मा घरेलु मैदान टियुमा केन्याविरुद्ध डेब्यू गरेका दीपेन्द्र चोट लागेको अवस्थाबाहेक नेपाली टोलीमा चोट लगातार पहिलो रोजाईमा खेल्दै आएका छन् ।
पछिल्लोपटक दीपेन्द्रले चोटका कारण २०२१ सेप्टेम्बरमा ओमान भ्रमण गुमाएका थिए । नेपालले दीपेन्द्रमाथि धेरै विश्वास र आशा राखेको छ । तर ओडिआईमा उनको प्रदर्शन कमजोर छ । मंगलबारदेखि नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्दैछ । नेपालले टियु मैदानमा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ ।
नेपाललाई ओडिआई मान्यता जोगाउन कम्तिमा १२ मध्य ९ खेल जित्नुपर्ने हुन्छ । नेपालको हारको प्रमुख कारण नै कमजोर ब्याटिङ हुँदै आएको छ । त्यसमा ब्याटरको गैरजिम्मेवारी देखि कन्डिसन अनुसार खेल्न नसक्नु धेरै कारणहरु छन् ।
दीपेन्द्रले ३१ ओडिआई खेलमा मात्रै १७.१३ को औसतमा ४ सय ९७ रन बनाएका छन् । ४४ टि२० आई खेलमा ३५.५८ को औसतमा १ हजार १ सय ३ रन बनाएका छन् । टि २० क्रिकेटमा दीपेन्द्रको प्रदर्शन दमदार छ । तर ओडिआईमा निकै कमजोर प्रदर्शन गरेका छन् ।
आइसिसी विश्वकप लिग-२ मा दीपेन्द्रले २० खेलमा ३ सय २१ बल खेल्दा २१ चौका र २ छक्कासहित कुल २ सय २ रन मात्रै बनाएका छन् । उनले प्रति खेल ११.२२ को औसतमा रन जोडेका छन् र उच्च प्रदर्शन ३८ रन छ । दीपेन्द्रले चार वा पाँच नम्बरमा ब्याटिङ गर्दै आएका छन् । जुन नम्बरमा कुनैपनि टोलीका प्रमुख ब्याटरले ब्याटिङ गर्ने गर्दछन् । सामान्यतया मध्यक्रमका ब्याटर लामो इनिङका लागि चिनिन्छन् । तर दीपेन्द्रबाट त्यो हुन सकेको छैन ।
दीपेन्द्रको लिग-२ मा उच्च प्रदर्शन गत जुलाईमा नामिबियाविरुद्ध ३८ रन थियो । बलिया टोली स्कटल्यान्ड र नामिबियालाई हराउन सामान्य प्रदर्शनले मात्र पुग्दैन । नेपालका सबै प्रमुख ब्याटरले जिम्मेवारी लिनुपर्ने हुन्छ । त्यसको लागि घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्न सक्नुपर्छ । ओडिआईमा दीपेन्द्रबाट समग्र नेपाली क्रिकेटनै उत्कृष्ट प्रदर्शन चाहन्छ ।
टियुमा चार शतक
पछिल्लो दुई वर्षमा दीपेन्द्रले टियु मैदानमा खुलेर रन बनाउँदै आएका छन् । नेपालबाट दुई र घरेलु प्रतियोगितामा दुई गरि दीपेन्द्रले चार शतक टियुमा हानेका छन् । दीपेन्द्रले काठमाडौं मेयर्स कप २०२१ मार्चमा दीपेन्द्रले एपिएफविरुद्ध १ सय ३१ बलमा १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए ।
गत वर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध १ सय ४० बलमा दीपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । तर नेपाल पराजित भएको थियो । दीपेन्द्रले लगत्तै मलेसियाविरुद्ध टि२० आईमा ५७ बलमा १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । जुन एक खेलमा नेपालबाट टि२० आईमा बनेको उच्च प्रदर्शन हो ।
तीन महिनाअघि प्रधानमन्त्री कपमा दीपेन्द्रले सेमिफाइनलमा आर्मीविरुद्ध १ सय २५ बलमा १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए । तर दीपेन्द्रले शतक हानेको चार मध्य तीन खेलमा टोली पराजित भएको तथ्यांक छ । दीपेन्द्रले यसै प्रतियोगितामा मुलपानीमा बागमती प्रदेशविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले गत मंसिरमा अभ्यासको क्रममा भारत भ्रमणमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियनविरुद्ध ६२ बलमा १ सय १३ रन जोडेका थिए ।
समग्रमा पछिल्लो दुई वर्षमा दीपेन्द्रले ५० ओभरको खेलमा पाँच शतक हानेका छन् । तर नेपाली टोलीबाट भने त्यसविपरित प्रदर्शन छ । ओडिआई मान्यता जोगाउन अब ७५ प्रतिशत खेल जित्नुपर्ने हुन्छ । दीपेन्द्रमात्र होईन सबै ब्याटरले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यसमा दीपेन्द्रको यो प्रदर्शनले भने हुँदैन ।
दीपेन्द्रले लगातार ओडिआईमा कमजोर प्रदर्शन गर्दा त्यो स्थानमा केहि युवा खेलाडी मारमा परेका छन् । त्यसैले अव दीपेन्द्रलाई ओडिआईमा कुनै बाहना बनाउने ठाउँ छैन । दीपेन्द्रसँगै कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्ट गम्भीर हुनुपर्छ ।
शारीरिक अस्वस्थताका कारण मध्यक्रमका भरपर्दा ब्याटर आरिफ शेख यस सिरिजमा टोलीमा छैनन् । आरिफ नहुँदा दीपेन्द्रले मध्यक्रममा झनै जिम्मेवारी लिनुपर्ने हुन्छ । कहिले काहिँ सुरुवात अपेक्षा भन्दा निकै खराब हुनसक्छ । त्यो अवस्थामा दीपेन्द्रले सम्हाल्न सक्नुपर्छ । मध्यक्रममा दीपेन्द्र सबैभन्दा अनुभवी खेलाडी पनि हुन् । अनुभवी खेलाडीले अतिरिक्त जिम्मेवारी लिनसक्नुपर्छ ।
कप्तान रोहित पनि दीपेन्द्रको प्रदर्शन निकै महत्वपूर्ण हुने बताउँछन् । ‘दीपेन्द्र दाईको ओडिआईमा प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । दीपेन्द्रले जुन किसिमको प्रदर्शन टि२० मा गर्नु भएको छ त्यहि प्रदर्शन अब हामीलाई ओडिआईमा चाहियो । हामीले दीपेन्द्रलाई फिनिसरको रुपमा हेरेका छौं । टि२० आईमा राम्रो फिनिस गर्दै आउनु भएको छ । ओडिआईमा अन्तिम २० ओभरमा त्यहिँ अनुसार फिनिस गरे हामीलाई पनि एकदमै राम्रो हुन्छ’, कप्तान रोहितले भने ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]