2 years ago
February 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नाबियिया र स्कटल्यान्ड विश्व क्रिकेटमा एसोसिएट टोलीका बलिया टोली हुन् । इंग्लिस यी दुई टोलीले विश्व क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नामिबिया र स्कटल्यान्ड यतिबेला नेपालमा छन् ।
नेपालले मंगलबार घरेलु मैदान टियुमा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ । आइसिसी विश्वकप लिग–२ को यो घरेलु मैदानमा नेपालको दोस्रो सिरिज हो । यसअघि नेपालले २०२० मा अमेरिका र ओमानसँग टियुमा लिग २ को सिरिज खेलेका थियो । नेपालले लिग-२ मा कुल २४ खेल खेलेको छ ।
चार खेल घरेलु मैदान टियु र २० खेल विदेशी भूमिका छन् । विदेशी भूमिमा नेपाल पछि ओमान, अमेरिका, युएई, स्कटल्यान्ड र नामिबियामा गएर ४–४ खेल खेलेको थियो । घरेलु मैदानमा समान दुई हार र जित थियो । विदेशी भूमिमा १२ खेलमा हार, ६ खेलमा जित, एक खेलमा टाई र एक खेल नतिजा विहीन छन् ।
कुनैपनि टोली घरेलु मैदानमा खेल्नु भनेको अतिरिक्त फाइदा हुनु हो । त्यसैले घरेलु मैदान र समर्थकलाई १२ औं खेलाडी भनिन्छ । वातावरण अनुसार प्रदर्शनमा फरक पर्छ । त्यो विश्व क्रिकेटमै ठूला टोलीमा पनि देखिन्छ । उदाहरणलाई भारतले अष्ट्रेलिया र इंग्ल्यान्डमा अपेक्षा अनुसार प्रदर्शन गर्न सक्दैन ।
तीव्र गतिको बलिङ आक्रामण खेल्न इंग्लिस कन्डिसनमा सहज हुँदैन । अष्ट्रेलिया र इंग्ल्यान्ड भारतमा आएर त्यो प्रदर्शन गर्न सक्दैन । भारतमा स्पिनर खेल्न सहज हुँदैन । त्यसको मुख्य कारण भनेको नै घरेलु वातावरण र पिचको अवस्था हो । त्यसैले नेपालको सोच घरेलु मैदान र समर्थकको फाइदा उठाउनु पर्ने हुन्छ । नेपाललाई अन्य कुनै विकल्प पनि छैन ।
स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोड्दै च्याम्पियन बन्न अनौपचारिक बाँकी छ । स्कटल्यान्ड यसै वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सोझैं खेल्ने पक्का भएको छ । नामिबियाको पनि शीर्षतीन उच्च सम्भावना उच्च छ । नेपाल भ्रमणमा औपचारिक रुपमै पक्का गर्न चाहन्छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।
यता नेपाल भने २४ खेलमा ८ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्न नेपालले सबै १२ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन ९ खेल जित्नुपर्ने हुन्छ । नेपालले विदेशमा खेलेका २० मध्य ६ खेलमा मात्रै जित हात पारेको छ । पछिल्लो समय नामिबिया भ्रमणमा गत डिसेम्बरमा चार मध्य तीन खेलमा हारेको थियो । एक खेल वर्षाको कारण नतिजा विहीन थियो । जुन लिग २ मा नेपालको एक सिरिजमा सबैभन्दा खराब हार हो ।
स्कटल्यान्ड नेपालमा पहिलो पटक खेल्दैछ । नामिबिया ७ वर्षपछि नेपालमा खेल्दैछ । नामिबियाले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१६ को अप्रिलमा नेपालमा आएर दुई खेल खेलेको थियो । त्यो दुबै खेलमा नेपाल विजयी भएको थियो । सात वर्षमा टियुको पिचमा धेरै परिवर्तन आएको छ । स्कटल्यान्ड पहिलो पटक नेपालमा खेल्ने हुँदा खेल सुरु हुनु भन्दा ६ दिन अघिनै आएको थियो ।
नेपाली वातावरणमा खेल्न यी दुई टोलीलाई सहज हुनेछैन । ओडिआई मान्यता बचाउन संघर्षरत नेपाललाई घरेलु मैदानको भरपूर्ण फाइदा उठाउन बाहेक अन्य कुनै विकल्प पनि छैन । कप्तान रोहित पौडेलले घरेलु मैदानमा खेल्दा फाइदा नै हुने बताई सकेका छन् ।
‘घरेलु मैदानमा खेल्दा फाइदा हुन्छ । यसअघि जतिपनि घरेलु मैदानमा खेलेका छौं समग्र प्रदर्शन राम्रो छ । आफ्नो विकेटको अनुभव प्रयोग गर्ने हो । सबैले प्रदर्शन गरेपछि यो प्रतियोगिता जित्न सकिन्छ’, केहि दिनअघि रोहितले भनेका थिए ।
नेपालले यसपघि युएई र पपुवा न्युगिनीसँग समान ४-४ खेल खेल्नेछ । जसमा समान दुई खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले फेब्रुअरी २७ देखि ६ मार्चसम्म युएईमा गएर खेल्नेछ । पपुवा न्युगिनीमा हुनुपर्ने उक्त सिरिज त्यहाँ राम्रो संरचना नभएपछि युएईमा सारिएको छ । त्यसपछि नेपालले मार्च ९ देखि १६ सम्म टियुमा पपुवा न्युगिनी र युएईसँग खेल्नेछ । एक महिना नेपाली टोली निकै ब्यस्त रहनेछ । त्यही प्रदर्शनले भविष्य निर्धारण गर्नेछ ।
यदि नेपालले यस सिरिजमा चार मध्य दुई खेल भन्दा बढी हारेको खण्डमा औपचारिक रुपमा शीर्ष तीन दौडबाट बाहिरिने छ । नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप यात्राबाट भने बाहिरिदैन । विश्वकप लिग–२ का बाँकी पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । क्वालिफायर प्लेअफमा विश्वकप सुपर लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सी गरि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
शीर्ष पाँचमा पर्दै ओडिमाई मान्यता जोगाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपालको लक्ष्य घरेलु मैदानमा चार खेलमा चार नै जित्ने हुनेछ । नेपालले आफ्नो जित मात्रै होईन । स्कटल्यान्डले नामिबियालाई दुबै खेलमा हराउँदा नेपाललाई फाइदै फाइदा पुग्ने देखिन्छ । नामिबियाका दुई प्रमुख अलराउन्डर जे जे स्मित र डेविड विजा भने नेपाल भ्रमणमा छैनन् । त्यसले टोली केहि कमजोर समेत बनेको छ ।
स्कटल्यान्ड र नामिबियाविरुद्ध लिग-२ मा नेपालको नतिजा
नेपालले लिग २ मा नामिबियालाई हराउन सकेको छैन । खेलेको चार मध्य तीन खेलमा नामिबिया विजयी भएको छ । एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । गत जुलाईमा स्कटल्यान्डमा नामिबयिाले नेपाललाई ४० र ६३ रनले पराजित गरेको थियो । गत डिसेम्बरमा घरेलु मैदानमा नामिबियाको पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेलमा ८६ रनले हराएको थियो ।
उता स्कटल्यान्डसँग नेपालले खेलेको चार मध्य तीन खेलमा हारेको छ । जुलाईमा घरेलु मैदानमा स्कटल्यान्ड पहिलो खेलमा नेपालसँग पाँच विकेटले स्तब्ध भएको थियो । त्यसपछि बाँकी तीन खेलमा नेपालमाथि समान ८ विकेट र तीन विकेटले पराजित भएको थियो । नामिबियासँग सबै खेलमा लक्ष्य पछ्याउँदा नेपाल पराजित भएको थियो । स्कटल्यान्डसँग पहिला ब्याटिङ गरेका तीनै खेलमा पराजित भएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]